२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

पदयात्रा व्यवसायीहरु भन्छन्, ट्रेकिङ कम्पनीको धरौटी रकम यथावत राखिनुपर्छ

पदयात्रा व्यवसायीहरु भन्छन्, ट्रेकिङ कम्पनीको धरौटी रकम यथावत राखिनुपर्छ

पदयात्रा व्यवसाय सञ्चालनकाे लागि राज्य कोषमा राखिने धरौटी रकम वृद्धि हुन लागेको भन्ने हल्लाले यतिबेला पदयात्रा व्यवसायीहरु चिन्तित छन् । लकडाउनको कारण डामाडोल भएको व्यवसायमा यो विषय व्यवसायीहरुको लागि नयाँ चिन्ताको विषय बनेको छ ।

सामाजिक सञ्जालहरुमा अहिले ट्रेकिङ व्यवसाय सञ्चालनको क्रममा विगतमा कायम रहँदै आएको ५ लाख धरौटी रकम वृद्धि गरी ५० लाख पुर्याउने उल्लेख छ । यो हल्लाकै कारण अहिले व्यवसायीहरु माझ यसै विषयले खुवै चर्चा पाएको सुनिन्छ ।

पदयात्रा व्यवसायसँग जोडिएको यस विषयमा थप जानकारी लिन हामीले पदयात्रा व्यवसायीहरुको साझा संस्था टे«किङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम सुवेदीलाईसम्पर्क गरेका थियौं ।

सेतोघर डट कमसँगको छोटो कुराकानीको क्रममा अध्यक्ष सुवेदीले भन्नुभयो, ‘अहिले सामाजिक सञ्जालहरुमा जुन हल्ला चलेको छ, यो हल्ला आधिकारिक होइन । यस विषयलाई लिएर व्यवसायीहरु चिन्तित हुनुपर्दैन ।’


धरौटी रकम बढेको खण्डमा व्यवसाय टिक्न नसक्ने र ठूलो रोजगारी गुम्ने बताउँदै ऊहाँले मन्त्रालय मुलुकमा उद्यमशिलता विकास र रोजगारी सृजनाको पक्षमा रहेको समेत बताउनुभयो । साथै व्यवसायसँग जोडिएको यस्तो महत्वपूर्ण विषय व्यवसायीहरुसँगको छलफलबाट मात्र टुङ्गोमा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

सरकारले एकतर्फी निर्णय गरेर धरौटी रकम बढाएको खण्डमा नेपालको पदयात्रा तथा पर्वतीय पर्यटन व्यवसाय नै धराशयी हुने भन्दै त्यो परिस्थिति सम्पूर्ण नेपालको लागि नै दुर्भाग्यपूर्ण हुने समेत सुवेदीले बताउनुभएको छ ।

साथै बजारमा हल्ला आएबमोजिम नै मन्त्रालयमा प्रस्ताव गरिएको भए त्यसलाई तत्काल सच्याएर सम्पूर्ण पदमार्ग क्षेत्रलाई जोगाउनुपर्ने समेत उहाँले बताउनुभयो ।

टानले सदैव अनिवार्य रुपमा सहयोगी साथमा लिएर पर्यटकहरु ट्रेकिङ कम्पनी मार्फत पदयात्रामा जानको लागि विगत लामो समय देखि नेपाल सरकार तथा पर्यटन मन्त्रालयसँग अनुरोध गर्दै आइरहेको कुरा पनि स्मरण गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij