२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल सम्मानित

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल सम्मानित

रुपन्देहीका पत्रकार रामराज पोख्रेल सम्मानित हुनुभएकाे छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष तथा लुम्बिनी अनलाइनका सम्पादक पाेख्रेल रहनुभएका पाेखरेल लामाे समय देखि सञ्चार क्षेत्रमा क्रियाशिल रहँदै आउनुभएकाे छ ।

पाेखरेल सहित सञ्चार तथा चिकित्सा क्षेत्रका क्रियाशिल २५ जना व्यक्तिहरुलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड हेल्थ अवार्ड प्रदान गरिएको हाे ।

शनिबार चितवनमा आयोजित कार्यक्रममा प्रतिनिधी सभा सदस्य डा. शशांक कोइराला, बागमती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशीलगायतका प्रतिष्ठित व्यक्तिहरुले नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाेख्रेल सहित सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी १३ जना चिकित्सक, पांँचजना पत्रकार, पांँचजना स्वास्थ्यकर्मी र दुईवटा स्वास्थ्य संस्थालाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मान गरिएको हो ।

स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित हुनेहरुमा चिकित्सक तर्फ प्रा.डा. पशुपति चौधरी, प्रा.डा. रामनरेश पण्डित,  डा. निलम चौरासिया, प्रा.डा. राजेन्द्रप्रसाद कोजु,  प्रा. डा. लोकबहादुर सेंढाई,  डा. हरिबहादुर खड्का, डा. सरु थापा न्यौपाने रहनुभएको छ । त्यस्तै डा. प्रदेश घिमिरे,  डा. गुरुशरण शाह,  डा.योगेन्द्र अग्रहरी, डा. अखण्ड उपाध्याय, डा. प्रमोद जोशी र डा. नरबहादुर मौनी रहनुभएको छ ।

त्यस्तै सञ्पोचारकर्ख्रेमीहरु तर्फ पाेखरेल सहित गणशेखर शर्मा, स्वास्थ्य पत्रकार पूर्णिमा डंगोल शाक्य, दीपकजंग हमाल र महेन्द्रराज श्रेष्ठलाई सम्मान गरिएको छ । स्वास्थ्यकर्मीमा बालकृष्ण गौतम, ईश्वरीप्रसाद भुषाल, दिपेन्द्र कार्की, मेघराज बलामी र सुरेश कुमार अधिकारी रहनु भएको छ ।

स्वास्थ्य सेवा निर्देशनालय बर्दिया अस्पताल र बुलिंगटार गाउंँपालिकाको कार्यालय, नवलपुरलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मान गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij