२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

नेसनल मोडल स्कुल भिन्न तवरले शैक्षिक प्राज्ञिकताको दिशामा अघी बढ्दै

नेसनल मोडल स्कुल भिन्न तवरले शैक्षिक प्राज्ञिकताको दिशामा अघी बढ्दै

प्रिन्सिपल डि.एन. अधिकारी

काठमाडौंको बालाजु स्थित नेपालटार पुल छेउमा सञ्चालनमा रही शैक्षिक गतिविधिहरुमा संलग्न नेसनल मोडल इंगलिस स्कुलले नियमित शैक्षिक क्रियाकलापको अलावा अतिरिक्त क्रियाकलापहरुमा विशेष जोड दिँदै आएको छ । साथै उत्कृष्ट नतिजा समेत हात पार्दै आएको छ ।

पछिल्लो समय यस विद्यालयले साताव्यापी रुपमा चौथो नेसनल मोडल खेल सप्ताह कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । उक्त खेल सप्ताह अन्तरगत १५ सय मेडलहरु वितरण गरिएको विद्यालयका प्रिन्सिपल डि.एन. अधिकारीले सेतोघर डट कमलाई बताउनुभयो । विभिन्न विधामा शैक्षिक, खेलकुद तथा मनोरञ्जन क्षेत्रमा सहभागि उत्कृष्ट विद्यार्थीहरुलाई उक्त मेडल वितरण गरिएको हो ।

विद्यालयले साताव्यापी खेलकुद कार्यक्रम अन्तरगत नेपालमा प्रचलनमा रहेका अधिकांश खेलकुदमा आफ्ना विद्यार्थीहरुलाई सहभागि गराएको थियो । विद्यालयले फुटबल, भलिबल, क्यारमवोर्ड, डान्स, चेस, बास्केटबल, कोर्टबल, मेमोरी टेस्ट, हाजिरीजवाफ, चम्चा दौड, घैंटो फुटाउने, वादविवाद, वक्तृत्वकला, लघुकथा वाचन, टेवलटेनिस, स्पेलिङ कस्टेस्ट, Math Race, Book Race, डोरी तान्ने लगायतका कार्यक्रमहरु विद्यालय प्राङ्गणमा नै आयोजना गरेको थियो ।
हाजिरीजवाफमा सहभागि भई उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरुलाई नगद र प्रमाणपत्र सहित पुरष्कृत गरिएको थियो । फागुन २ देखि ११ सम्म चलेको उक्त कार्यक्रममा नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थीहरु सहभागि भएका थिए । कार्यक्रम निकै रोचकतापूर्वक सम्पन्न भएको थियो ।

विविध गतिविधिमा उत्कृष्ट स्थान हासिल गर्दै आएको विद्यालय :
नेसनल मोडल स्कुलले विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट स्थान हासिल गर्दै आएको छ । अघिल्लो महिना बालबाटिका डट कमबाट आयोजना भएको ह्याण्डराइटिङ प्रतियोगितामा नेपालका ३ हजार विद्यार्थी सहभागि भए मध्येबाट यस विद्यालयकी कक्षा १० की प्रेरंका शाही ठकुरी द्वितीय स्थान हासिल गर्न सफल भएकी थिइन् । उनलाई १० हजार रुपियाँ नगद, मेडल र प्रमाणपत्र सहित पुरष्कृत गरिएको थियो ।

यस विद्यालयमा अध्ययनरत सुजन अधिकारीले अघिल्लो बर्ष All Nepal Handwriting Association बाट आयोजना भएको Handwriting Contest 2016 मा नेपाल प्रथम र विश्वभरबाट सहभागि मध्ये द्वितीय स्थान हासिल गर्न सफल भएका थिए । उनलाई नेपालमा तत्कालिन शिक्षा राज्यमन्त्री धनमाया विकबाट सम्मानित गरिएको थियो ।
यस बर्ष देखि विद्यालयले योगाचार्यबाट योग कार्यक्रमहरु समेत शुरुवात गरेको छ । साथै विद्यालयले व्यावसायिक शिक्षा अन्तरगत प्रयोगात्मक अभ्या

समा विशेष ध्यान दिँदै आएको छ । विद्यार्थीहरुमा व्यावहारिक ज्ञान विकास गर्ने उद्धेश्यले सेलरोटी बनाउने, चप बनाउन सिकाउने, गाई फार्म, माछा फार्म, तरकारी खेती लगायतको अवलोकन भ्रमण लगायतका गतिविधि समेत विद्यालयले गराउँदै आएको छ ।

हरेक गतिविधिहरुमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको यस विद्यालयले दण्ड रहित तवरले विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउँदै आएको छ । बालमैत्री शिक्षामा केन्द्रित रहेको विद्यालयले मोटिभेसन एण्ड काउन्सिलको माध्यमबाट मात्र विद्यार्थीलाई सही तवरले सकारात्मक ज्ञान विकास गर्न सकिन्छ भन्ने मान्यता राख्दै आएको छ  ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij