कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरुलाई सम्मान गर्नुभएको छ ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गर्नुभएको सो समारोहमा सहभागी अभिकर्ताहरुलाई कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलले उत्प्रेरणा तालिम प्रदान गर्नुहुँदै कम्पनीले अभिकर्ताहरुको वृत्ति विकासका लागि ल्याउने हरेक योजनाहरुको छुट्टा-छुट्टै महत्व हुने भएकोले यस्ता योजनाहरुमा छनौट हुनका लागि व्यवसायिक कार्यनीति बनाउनुपर्ने बताउनुभयो ।
समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृतज्यूले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको र कम्पनीमा बीमा गर्ने बीमितहरुलाई उच्च प्रतिफल दिन सफल हुनुमा अभिकर्ता संजालको महत्वपूर्ण भूमिका रहने भएकोले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री एवं व्यावसायिक बनाउन थप लगानी गर्दै गईरहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सहित उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेल, प्रबन्धक विवेक शर्मा, सहायक प्रबन्धक सुष्मिता राणा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा, बागमती प्रदेश प्रमुखद्बय जयराम धिताल, घनश्याम रिमाल लगायत विभिन्न शाखा कार्यालयहरुबाट शाखा प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij