नेशनल डेभलपमेण्ट को–अपरेटिभ सोसाइटीको गरिमामय बीसौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभाको क्रममा अध्यक्ष राजेशहरी जोशीले संस्थाको लक्ष्यअनुरुप उद्देश्य हासिल गर्न र संस्थालाई अझ सुदृढ र सबल पार्न सबै सदस्य महानुभावहरुको सहयोग, विश्वास र योगदान पूर्ववत् निरन्तर रहिरहने विश्वास व्यक्त गरेका छन् ।
तुलनात्मक रुपमा यो सहकारी मुनाफामा रहेको यसका सुचकाङहरुले देखाउँछन् । । अघील्लो बर्ष १७ प्रतिशत नाफा गर्दै २ करोड ६२ लाख ७० हजार चुक्तापुँजी पु¥याएको यस सहकारीले यस बर्ष मुनाफा ३० प्रतिशत माथि पु¥याउन सफल छ । जुन अहिले सम्मकै उच्च हो ।
यसरी नै बचत निक्षेप तर्फ पनि वृृद्धि भएको छ । तर अघिल्लो बर्षको तुलनामा यस बर्षको बचत वृद्धि १ प्रतिशतले कमी रहेको छ । वित्तीय स्थितिलाई हेर्दा संस्थाको प्रगति विवरण पनि सन्तोषजनक नै छ । सबै भन्दा बढी प्राथमिक पुँजी कोषमा वृद्धि भएको छ । जुन ३६ प्रतिशत छ । यसरी नै नाफा ६९ प्रतिशत रहेको देखिन्छ ।
गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा प्राथमिक पूँजी कोषतर्फ ३६.१० प्रतिशत, चुक्ता पूुँजीतर्फ ३०.६० प्रतिशत, निक्षेप बचत तर्फ १३.२ प्रतिशत, कर्जा सापटीतर्फ १८.३२ प्रतिशत र आम्दानी तर्फ १५.३७ प्रतिशत बृद्धि भएको छ । यसरी नै यस संस्थाले आर्थिक वर्ष २०७२-७३ मा नेपाल सरकारलाई रु. ७,७५,३३५ आयकर र रु. ४४,६५,४१५ व्याज कर बुझाएको छ ।
साथै यस बर्ष शेयर सदस्यहरुलाई संस्थाले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
साधारणसभाको अवसर पारेर अध्यक्ष राजेशहरी जोशीले अहिलेको परिस्थिति बारे जानकारी दिँदै भने, ‘व्यवस्थापिका संसदबाट पारित भएको सहकारी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयक, २०७४ राष्ट्रपतिबाट मिति २०७४ कार्तिक १ गते प्रमाणिकरण भई तत्कालदेखि नै लागू भएपछि साढे दुई दशक अघि जारी भई लागू भइरहेको पूर्ववर्ती सहकारी ऐन, २०४८ सोही मिति देखि विस्थापित भएको अवस्थामा देशमा नयाँ संविधान जारी भई स्थानीय तहको चुनाव र गत मंसिर १० र २१ गते दुई चरणमा भएको ७ प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भैसकेकोले आगामी दिन नयाँ संघीय राजनैतिक प्रणाली अनुरुप अब देशले उपलब्धिपूर्ण आर्थिक विकासको लागि फड्को मार्नुछ ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij