२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेबिको सुगर फ्रि डाईजेष्टिभ गिफ्ट अब फेमेली प्याकमा

नेबिको सुगर फ्रि डाईजेष्टिभ गिफ्ट अब फेमेली प्याकमा

नेबिको प्रा.लि. विगत ५५ वर्ष देखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा विक्री वितरण गरिरहेको ठूलो तथा उत्कृष्ट कम्पनी हो । नेबिको प्रा. लि.ले स्थापनाकाल देखि नै आफ्ना उत्पादनमा उच्च गुणस्तर कायम गर्दै आएको छ । उपभोक्ताको विश्वास जित्न तथा गुणस्तर उच्च राख्न यस प्रा.लि.ले नेपाल गुणस्तर चिन्ह तथा 9001:2008 Quality Management System काे Certification लिएको छ । हाल यस प्रा.लि.को स्वामित्वमा बिस्कुट, कन्फेक्सनरी, मैदा मिल र ट्रेडिङ्ग कम्पनीहरु रहेका छन् ।

सुगर फ्रि डाईजेष्टिभ बिस्कुट नेबिकोको उत्कृष्ट उत्पादन मध्ये एक हो र विगत ६ वर्षदेखि नेपाली उपभोक्ता माझ यो ब्राण्ड लोकप्रिय वन्न सफल भएको छ । उपभोक्ताको चाहना एवं समय सापेक्षिक गुणस्तरलाई विशेष ध्यानमा राखी यो बिस्कुट गिफ्ट फेम्ली प्याकमा बनाईएको छ । साथै उत्पादनको गुणस्तरलाई उपभोग्य समय सम्म कायमै राख्न र आकर्षक बनाउन नयां प्याकेजिङ्ग मेटेरियल प्रयोग गरिएको छ । विदेशबाट आयातित यो ATC (Air Tight Cartoon) मा प्याकेजिङ्ग गरिएको यो बिस्कुट ३६० ग्राम रु.२०० मा बजारमा ल्याईएको छ ।

यस फेमीली प्याक भित्र दश ओटा साना भिन्दाभिन्दै प्याक भएका हनाले ग्राहकले खरिद पश्चात् तुरुन्त खपत गर्नुपर्ने बाध्यता रहँदैन र प्याकेट खोल्दा पनि बिस्कुटको गुणस्तरमा कुनै कमी हुँदैन । अरु विदेशी बिस्कुटको तुलनामा गुणस्तरीय र सुपथ मूल्यमा खरिद गर्न सकिनेछ । उपभोक्ताको पाचन प्रणालीको सहजीकरण, तौल नियन्त्रण तथा सन्तुलन एवं मधुमेह भएका तथा नभएका उपभोक्ताहरुको स्वास्थ्यलाई पनि ध्यानमा राखी कोलिस्ट्रोल रहित उत्कृष्ट स्वादमा यो बिस्कुट उपलब्ध छ । मानव स्वास्थ्यमा सचेत उपभोक्ताहरु सम्पूर्णले निर्धक्क भई यो बिस्कुट उपभोग गर्न सक्नेछन् ।

कम्पनीले आगामी दिनमा पनि विभिन्न प्रकारका पोषण तथा स्वास्थ्यवर्द्धक उत्पादनहरु बजारमा ल्याउने विश्वास दिलाउँदै यस उत्पादनलाई सबै सरोकारवाला, दिदीबहिनी तथा दाजुभाई एवं सम्पूर्ण ग्राहकवर्गले नेबिकोको नयाँ उत्पादन सुगर फ्रि डाईजेष्टिभ बिस्कुट उपभोग गर्नुहुनेछ भन्ने आशा राख्दै नेपाली उत्पादनलाई माया र प्रोत्साहन गर्नुहुनेमा कम्पनी विश्वस्त रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij