काठमाडौँ, १० चैतः लगातार घट्दो क्रममा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस साता पनि गिरावट कायम रह्यो। साता पहिलो दिनमै नेप्से ५४.६२ अङ्कले घट्दै २,६१४.६८ बिन्दुमा पुगेको छ, जसले २.०४ प्रतिशतको गिरावट दर्शाउँछ।
आजको कारोबारमा ३१७ कम्पनीका १ करोड २३ लाख ७१ हजार २८० कित्ता शेयर किनबेच भए। कुल ७२,२६५ पटक कारोबार हुँदा कूल रकम ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
क्षेत्रगत विश्लेषण गर्दा, बैंकिङ समूहमा १.४७ प्रतिशत, विकास बैंकमा २.४२ प्रतिशत, वित्त समूहमा २.९९ प्रतिशत, होटल तथा पर्यटनमा २.२३ प्रतिशत, जलविद्युत् २.३३ प्रतिशत, लगानी समूह ०.०५ प्रतिशत, र जीवन बिमा समूहमा १.८५ प्रतिशतको गिरावट आएको छ।
त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह १.४६ प्रतिशत, लघुवित्त २.३६ प्रतिशत, म्युचुअल फण्ड ०.६४ प्रतिशत, निर्जीवन बिमा २.०७ प्रतिशत, व्यापार २.८५ प्रतिशत, र अन्य समूह १.७६ प्रतिशतले घटेको देखिन्छ।
आजको कारोबारमा कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ८.७२ प्रतिशतले वृद्धि भएको छ भने मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ, जसको कूल कारोबार रकम ४२ करोड ६ लाख ३४ हजार ९८१ रुपैयाँ पुगेको छ। शेयर संख्याका आधारमा सबैभन्दा बढी कारोबार घलेम्दी हाइड्रो लिमिटेडको भएको छ, जसको ४ लाख ५४ हजार ३७१ कित्ता शेयर किनबेच भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij