२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेपाल विरुद्ध आपत्ति जनक सामाग्री प्रशारण गर्दै आएका भारतीय मिडियामाथिको प्रतिवन्ध तत्काल हटाउँदैनाैंः सञ्चारमन्त्री खतिवडा

नेपाल विरुद्ध आपत्ति जनक सामाग्री प्रशारण गर्दै आएका भारतीय मिडियामाथिको प्रतिवन्ध तत्काल हटाउँदैनाैंः सञ्चारमन्त्री खतिवडा

काठमाण्डौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले नेपालप्रति दुरासयपूर्ण ढंगले प्रचार प्रसार गर्दै आएकाले भारतीय मिडियामाथिको प्रतिवन्ध तत्काल नहट्ने बताएका छन् ।

प्रधानमन्त्री केपीशर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने उनले स्पष्ट पारे ।

आज मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा डा. युवराज खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म बन्देज कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरीसकेको बताए ।
सञ्चार मन्त्रालय समेत सम्हालेका अर्थमन्त्री डा। खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल नखोलिने बताएका हुन्।

उनले भने ‘एकताबाट तर्सेर, चित्त नबुझेर भएपनि स्वस्थ छलफलबाट अघि बढ्न सकिन्छ तर भारतीय मिडियाको कदमलाई हामीले दुरासायपूर्ण भनिसकेका छौँ।’

नेपालले अद्यावधिक नक्सा जारी गरेदेखि नै भारतीय सञ्चार माध्यमहरुले आपत्तिजनक सामग्री प्रकाशन प्रशारण गर्दै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीको नाम नै जोडेर विभिन्न सामग्री प्रकाशन÷ प्रशारण भएपछि नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द भएका छन् ।
भारतीय सरकारी स्वामित्वको दुरदर्शन टेलिभिजन भने नेपालमा खुल्ला रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij