२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नेपाल कफी मेला तथा च्यम्पियनसिप २०२५ सम्पन्न

नेपाल कफी मेला तथा च्यम्पियनसिप २०२५ सम्पन्न

काठमाडौं, २४ चैतः नेपाल कफी महासंघद्धारा आयोजित Nepal Coffee Festival and Championship-2025 सम्पन्न भएको छ । ३ दिनसम्म सञ्चालन मेला शनिबार नेपाल चिया तथा कफी विकास बोर्डका कार्याकारी निर्देशक फाइन्द्र राज पाण्डेको प्रमुख अातिथ्यता तथा नेपाल कफी महासंघका अध्यक्ष मा काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रममा महासंघका उपाध्यक्ष सरोज श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै नेपालमा कफी उद्योगलाई अर्काै उचाईसम्म पुर्याउन दक्षताको विकास गर्नुपर्ने कुरामा जोेड दिनुभयो । केही हदसम्म नेपालका कफी उद्योगीहरुलाई महासंघ मार्फत सङगठित गर्न सफल भएका छौं, जसको कारण हामी प्रोत्साहित भएका छौं । आगामी वर्षहरुमा कफीलाई अन्तराष्ट्रिय लेवलको बनाउँदै जाने, ट्रेनिङहरु सञ्चालन गर्न, क्याफे, उत्पादक, बिक्रेतासँगै अघि बढ्नुपर्ने धारणा राख्नुभयो । यसमा कृषि मन्त्रालय, नेपाल चिया तथा कफी विकास बोर्डलेले सहयोगी भूमिका खेल्नु पर्ने उहाँको भनाई थियो ।

नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धन प्रसाद लामिछानेले ‘Make in Nepal,Made in Nepal’ भन्ने अवधारणालाई अगाडि सार्नुभयो । उहाँले कार्यक्रम एकदम प्रभावकारी रहेको र यस्ता कार्यक्रम मेला प्रदर्शनीहरूले व्यवसायीमा थप उर्जा थपिने भन्दै खुशी व्यक्त गर्नुभयो । बाँझो जमीनमा चिया, कफी खेती गरेर उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने व्यापक सम्भावनाहरु रहेकाले मिलेर अघि बढ्नुपर्नेमा जाेड दिनुभयो । नेपाललाई आत्मनिर्भर बनाउन सरकारले झण्झटमुक्त प्रभावकारी नीतिलाई अवलम्बन गर्नुपर्ने र प्रतिकूल नीतिहरुलाई संशोधन गर्दै लैजानुपर्ने कुरामा समेत उहाँले जोड दिनुभयो ।

त्यस्तै कास्कीका कफी व्यवसायी विश्वबन्धु पोखरेलले मेलामा किसानको सहभागिता कम भएको भन्दै गुनासो पोख्नुभयो । किसानले कफीलाई प्रमुख बाली बनाउन नसकेकोले हामीले किसान केन्द्रित एवं किसानलाइ नै प्राथमिकतामा राखेर यस्ता किसिमका कार्यक्रमहरु सञ्चान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पाण्डेले कफी व्यवसायीको लागि नयाँ नयाँ विधिहरु अवलम्बन गर्नेपर्ने र नयाँ नयाँ तरिकाहरु खोजी गरी लागू गर्नुपर्ने धारणा राख्नुभयो । आफू पनि कफी व्यवसायीसँग नजिक राहेकोले कफीको गुणस्तर विकास र वृद्धिका लागि सक्दो सहयोग गर्ने बताउँनुभएको छ ।

कार्यक्रममा महासंघले कार्यक्रममा पहिलो कफी उत्पादक एवमं संस्थाका संस्थापक अध्यक्ष डाकेश्वर घिमिरे, पहिलो कफी प्रशोधनकर्ता कृष्ण घिमिरे र कफी विशेषज्ञ डा. राज कुमार बन्जारा लगायत उज्वल शमशेर राणा, फूल कुमार लामा र शान्ता वीर लामालाई पुरष्कृत गरेको छ ।

कार्यक्रममा महासंघका सदस्यहरु लगायत देशभरका कफी उद्योगीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम ३ दिनसम्म सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij