
राजेन्द्र प्रसाद फुयाँल
मनोविज्ञानले मानवीय मनोभाव र विकासका वृहत् क्षेत्रलाई ओगटेको हुन्छ । मानवीय अन्तरदशा अन्र्तगत उसको विचार, भावना, व्यवहार, प्रेरणा र व्यक्तित्वकोे पक्ष एवं विपक्षलाई समेट्दै व्यापक रुपमा अध्ययन गर्ने शास्त्र मनोविज्ञान हो । यसले समुदाय वा व्यक्ति भित्रको अन्तरदशा–पहेलीहरूको सूक्ष्म रुपमा अध्ययन गरी वास्तविकतालाई खोतल्दै निकास दिन मद्दत पुर्याउँछ ।
जीव विज्ञान अनुसार व्यक्तिको जन्म र शारीरिक विकास प्रकृतिको नियम अनुसार हुन्छ । तर मन र बुद्धि एक लामो जीवन श्रृङ्खलामा समाज र परिवारले तयार गरेको हुन्छ । मनोविद्हरूले त यो पनि प्रमाणित गरिसकेका छन् कि जीवको शारीरिक विकासमा समेत व्यक्ति भित्रको मनोदशाले प्रत्यक्ष प्रभाव पारेको हुन्छ ।
संस्कृति भन्नाले धार्मिक रीतिरिवाज, रहनसहन र सामाजिक क्रियाकलापलाई बुझिन्छ । संस्कृति ठाउँ विशेष अनुसार फरक–फरक हुन्छ । किनभने संस्कृतिको सुरुवात त्यस ठाउँको भूगोल, हावापानी र मौसमबाट हुन्छ । त्यसैले संस्कृति युगौंदेखि चलेको परम्परा भनेर मात्र बुझ्नु हुँदैन । युगौंदेखि चलिआएको कुरामा गहिरो अनुसन्धान हुनुपर्दछ । किन र कसरी चलेको थियो ? साथै आजको सन्दर्भमा कति प्रभावकारी र फलदायी छ भन्ने विश्लेषण पनि गर्नुपर्दछ । उदाहरणको लागि हिन्दू धर्मलाई सनातन धर्म भनिन्छ । सनातन भन्नाले परापूर्व समयदेखि चलिआएको सर्वमान्य संस्कृति हो ।
हिन्दु धर्म मात्र नभई, यो एउटा सभ्यता हो, संस्कृति हो । हरेक सभ्यता चाहे मेसोपोटमिया, मिश्र, बेबिलोन लगायतबाट शुरुवात भएको पाइन्छ । हिन्दु सभ्यता सिन्धु नदिको आसपासबाट शुरु भएको पाइन्छ । यो नदी ३१८० किलोमिटर (१९८० माईल) लम्बाई रहेको एसियाकै सबैभन्दा लामो नदी हो । नदीको उद्गमस्थल तिब्बतको मानसरोवरको नजिक सिन–का–बाब नाम गरेको झरना मानिएको छ । जुन चीनको पश्चिमी तिब्बत हुँदै भारत (जम्मु–कश्मीर) र पाकिस्तानको मध्य भागबाट बग्दै अरब सागरमा गएर मिसिन्छ । (WIKIPEDIA)
हिन्दु सभ्यतालाई आजभन्दा लगभग इशापूर्व ५३००–३७०० वर्ष समयावधिमा सिन्धु सभ्यता भनेर चिनिन्थ्यो । ब्रिटिशको प्रमुख वैज्ञानिक पत्रिका नेचरमा प्रकाशित शोध–अध्ययन अनुसार यो सभ्यता कम्तीमा ८००० वर्ष पुरानो हो । यो विशाल र व्यापक थियो । आजको पुरै दक्षिण एसिया सहित अरब, इरान, इन्डोनेसिया, कम्बोडिया, यहाँ सम्म कि महाभारतमा अर्जुनले मेक्सिकोमा गएर एक राजकुमारीसँग विवाह गरेको पाइन्छ । ऐतिहासिक तथ्यको आधारमा सिन्धु सभ्यताको समयावधि भन्दा पहिला, इन्दुस र इन्डस सभ्यता भनिन्थ्यो ।
भाषागत भौगोलिक परिवर्तनको क्रममा इन्डुसलाई सिन्धु हुँदै हिन्दु उच्चारणको जन्म भएको पाइन्छ । मिश्र, मेसोपोटामिया, बेबीलोन जस्ता सभ्यता ईसाई र इस्लामीकरणबाट समाप्त भए तर सायद प्रकृतिको यहि इच्छा थियो, जहाँ विभिन्न महापुरूष तथा अवतार पुरूषहरुको जन्म भयो र हिन्दु सभ्यता आजसम्म जीवितै छ ।
यहाँ बुझ्नुपर्ने कुरा, समाज विकासको क्रमवद्धता हो । विज्ञानको विकास हुनु पुर्व धर्मलाई अनिवार्य रूपमा स्थापित गरिन्थ्यो । स्थापित भएका मूल्य र मान्यताहरूलाई पूर्ण रुपमा स्वीकार गर्नुको विकल्प हुँदैनथ्याे । तर जे–जति मूल्य र मान्यताहरु स्थापित हुन्थे, आवश्यकता र महत्वको आधारमा नै हुने गर्थे ।
उदाहरणको लागि नेपाली संस्कृति भित्रको वर्णाश्रम व्यवस्था अनुसार त्यस समाजमा अवस्थित मानव समुदायलाई चार जात भनेर छुट्याइयो – ब्राह्मण, क्षेत्रीय, वैश्य र शूद्र । आज यसैको कारणले समाज सयौँ बर्षदेखि विभाजित भयो तर यो समाज विभाजनका लागि नभएर समाज सु–व्यवस्थापन र समृद्धिको लागि तय गरिएको व्यवस्था थियो ।
आज मनोविज्ञानका संस्थापक कालजुङ्ग (Calrl Jung), अलफर्ड एडलर (Alfred Adler) र विलिएम जेम्स (william James) देखी आजसम्मका मनोवैज्ञानिकहरुको अध्ययनले मनोविज्ञानलाई मोटामोटी रुपमा ४ प्रकारमा बाँडेको पाइन्छ । अर्थात मानवीय मनोवृत्तिलाई यसरी चार भागमा विभाजन गरिएको छ ।
ज्ञान लिन वा दिनमा रुचि तथा तथ्यगत दिशानिर्देशकको भूमिका निभाउनु । जस्तै शिक्षक–प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता आदि । जो निरन्तर समाजको हितमा अध्ययन अनुसन्धान गर्दछ । बौद्धिकः विचार र सिद्धान्तको रचना गर्ने, जीवनको अन्तिम सत्य के हो रु भन्ने कुराको खोज गर्ने र उपलब्धि प्राप्त गरेका व्यक्तिहरु ।
सामाजिक सुरक्षा प्रदान गर्नु र समाजको रक्षाको लागि अस्त्रशस्त्र चलाउनु अर्थात सैन्यः जो शक्तिको पुजारी हुन्छ । युद्धकला र राजनीतिमा गहिरो लगाव, निडर, बहादुरी र प्रदर्शनीमा बढि रुचि राख्दछ ।
निर्माण, विकास, दान, धर्म अर्थ प्रदान । देशको आर्थिक उन्नतिका लागि कार्य गर्नु अर्थात व्यवसायीः व्यापार, कृषि, पशुपालनमा रुचि, जीवनको महत्व अथर्, दान, धर्म, निर्माणमा देख्ने मनोवृत्ति हुन्छ ।
समाजको सेवा गर्नु अर्थात कर्मचारीः सेवा, भाव, अथवा सेवामा कला–संस्कृति (गायन, नाच) र सृजनामा (शिल्पकार, डकर्मी, सिकर्मी), अथवा विश्वकर्मा कार्य (आज पनि हरेक वर्षको आश्विन १ गते विश्वकर्मा पुजा गरिन्छ) लगायतमा रुचि राख्ने मनोवृत्ति हुन्छ । वास्तवमा यस प्रकारको मनोभाव भएका व्यक्तिहरू जीवनमा कुनै प्रकारको जोखिम लिन चाहँदैनन् । उनीहरूमा भक्ति, प्रेमभाव, समर्पण तथा सृजनाद्वारा सेवादायी मनोभाव हुने गर्दछ ।
यसै मनोविज्ञानलाई आधार बनाएर मानिसहरुको मनोवृत्ति अनुसार जातीय विभाजन र वैवाहिक परम्पराको सुरुवात गरिएको तथ्य पाईन्छ । मनोवैज्ञानिक विश्लेषणको आधारमा त वर्णाश्रम व्यवस्था, आज पनि उत्तिकै सामाजिक लाभदायक छ । तर यसलाई आजको युग सुहाँउदो कसरी बनाउन सकिन्छ भन्ने मुख्य कुरा हो ।
चाडपर्वको थालनी कुनै लहडमा भएको थिएन । उतिबेला असार, श्रावण महिनालाई काल बेला भनिन्थ्यो । जतिबेला आवत–जावत ठप्प हुन्थ्यो । असारमा खेती लागाउने, श्रावणभरी कालका देउता महादेवको पूजा–अर्चना गर्ने भाद्रदेखि फेरि आवत–जावत, नाचगान, ईश्वरलाई धन्यवादको रुपमा तीज, श्राद्ध, टिका आशीर्वाद, दाजुभाइ–दिदीबहिनीको बीचमा हार्दिकताको आदरणीयता र प्रफुल्लताको निरन्तरता नै चाड–पर्वको महत्व हो । यसैगरी बसन्त ऋतुमा रुख बिरुवामा हुने नयाँ पाउला, विभिन्न जाति–प्रजातिका फूलहरुले बनाएको उमङ्गता, चराचुरूङ्गीको चिरबिरताको उल्लासमय वातावरणको स्वागतको रुपमा होलीपूर्णिमा जस्ता पर्वहरु मनाइन्थ्यो र मनाउँदै आइरहिएको छ ।
कुनै पनि ठाउँ विशेषको आफ्नै संस्कृति हुन्छ । संस्कृति, उक्त ठाउँ विशेषको हावा पानी तथा मौसम अनुसार निर्धारण गरिएको हुन्छ । यही हावा, पानी र मौसमले बाली–नाली रुख–बिरुवा तथा वन–पाखाको प्राकृतिक सृजना भएको हुन्छ । यही प्राकृतिक सृजनाको आधारमा त्यस ठाउँका मानिसहरुको खानपिन, लवाइ–खवाइ, रहन–सहन र चाल–चलन तथा धर्म–संस्कृतिको जग बसेको हुन्छ ।
त्यसैले संस्कृति परम्परा होईन यो त हाम्रो परिचय हो । संस्कृति त्यहाँको माटो, भूगोल, हावापानी र मौसम वा प्रकृतिको प्रयाय हो । हावापानी माटोलाई हामीबाट कसरी अलग गर्न सकिन्छ रु संस्कृतिलाई बचाउन सकेमात्र हामीले हाम्रो पहिचान बचाउन सकिन्छ अन्यथा हाम्रा भावी पुस्ता अभिभावक गुमाएका बालबालिका जस्ता हुनेछन् । संस्कृतिलाई चाडपर्वको रुपमा मात्र नबुझाैं बर्षमा दुई दिन आइपुग्ने चाडवाडमा लगाउने लुगा र खाने कुरामा मात्र नरमाउँ । हाम्रो नयाँ पुस्तालाई यो पहिरन र खाने भोज–भतेर, पूजा गर्ने संस्कृतिको कसरी सुरुवात भयो भन्ने अध्ययन एवं अनुसन्धान गर्न उत्प्रेरित गरौँ ।
म कुनै धर्मको विरोधी होईन । धर्म व्यक्तिको विश्वास र आस्था अनुसार हुने कुरो हो । धर्म धारण गर्ने कुरा हो । नेपालको संस्कृतिलाई धारण गरौँ । आ–आफ्नो आस्था अनुसार कुनै पनि देवीदेउता गुरु भगवानको पूजा गराैं । यदि कुनै पनि नेपाली नागरिकले आफ्नो माटो, हावापानी, मौसम तथा भूगोलप्रति गर्व गर्दछ भने, निश्चय नै उसले आफ्नो भेष–भुषा, कला–संस्कृति र भाषाको सम्मान गर्दछ । त्यसभित्रको रहन–सहन, धर्म–संस्कृति, चाड–पर्व सम्पूर्ण नेपाली संस्कृतिको आत्मा हो । यति बुझेमा घरमा जिससको फोटो राखेर पूजा वा प्राथना गर्दै संस्कृतिलाई हृदयङ्गम गर्न सकिन्छ । अध्यात्मको शिखरमा पुगेपछि व्यक्तिमा समभाव विकास हुन्छ । यसको अर्थ अब उसले कुनै पनि भगवान तथा धर्मलाई प्राथमिकताको सुचीमा राख्दैन । अर्थात मानव धर्म नै उसको असली धर्म हुन पुग्दछ ।
मनोविज्ञानको सन्दर्भमा कुरा गर्दा हाम्रो पेशा, व्यवसाय हिजाकोे दिनमा जन्मको आधारमा तय हुन्थ्यो । व्यक्तिको पेसा व्यवसाय वंशको आधारमा हुने गर्दथ्यो । यो वैज्ञानिक पनि थियो । इतिहासमा यस्ता थुप्रंै उदाहरणहरु छन्, कुनै देशको राजाको वंशज समाप्त भयो भने अर्को राजा अरु कुनै देशको राज परिवारबाट नै छनौट गरिन्थ्यो तर आज समाज परिवर्तन भएको छ । अन्तरजातीय विवाह विश्वव्यापीकरण जस्तै भइसक्यो । सूचना र प्रविधिको पहुँचले समाजमा व्यापक परिवर्तन भएको छ । परिवर्तन स्वभाविक प्रकृया हो र हुनु पनि पर्दछ । एक जना प्राध्यापक डेबिट ग्रिनले भन्नुभएको छः “संसारमा एउटै कुरा अपरिवर्तनशील छ त्यो परिवर्तन हो ।”
के श्रीमद्भगवत्गीतामा भगवान कृष्णले भन्नुभएको कुरा आजको युगमा सान्दर्भिक छैन त ?
श्रेयान् स्वधर्मौ विगुणः परधर्मात्स्वनुष्ठितात् ।
स्वभावनियतं कर्म कुर्वान्नात्नोति किल्बिषमे ।।
भगवद् गिता अध्याय १८ ।। श्लोक ४७ ।।
अर्थात राम्रोसँग सम्पन्न गरिएको अर्काको कर्म तथा व्यवसायलाई अपनाउनु भन्दा त्रुटिपुर्ण तरिकाले गरिएको भएपनि आफ्नै कर्ममा लाग्नु राम्रो हुन्छ । आफ्नो स्वभाव अनुसार निर्देशित कर्म कहिल्यै पनि पापबाट प्रभावित हुँदैन ।
भगवद्गीता यस्तो ग्रन्थ हो जो कहिल्यै पुरानो हुँदैन । यो मानव मनोवैज्ञानिक तथ्यमा आधारित छ । बिडम्वना यो ग्रन्थ या त पुजा कोठामा अविर, केशरी र फूलले सजाईएको छ, या पुस्तकालयको शोभा मात्र बढाउने गरी राखिएको छ । महाभारत भित्रको गीता दर्शन, विदुर नीति, भिष्मपितामह उपदेश, वेदव्यास उपदेश, दोर्ण शिक्षा जस्ता दिव्य उपदेश आजका राजनीतिज्ञको पाकेट पुस्तिका भइदिएको भए यो देश कस्तो हुन्थ्यो होला रु तर मन अमीलो बनाएर भन्नैपर्छ महाभारतको शकुनी, दुर्योधन, धृतराष्ट्रको भूमिकाको पर्याय आज हाम्रो देश नेपालको नेतृत्वमा देखिएको छ । आश्चर्य लाग्छ, फेरी पनि कर्ण, दोर्ण, कृपाचार्य जस्ता आदरणीय व्यक्तित्वहरुले तिनै शकुनिहरूलाई साथ दिइरहेका हुन्छन् । यस्तो लाग्छ, कतै फेरी महाभारतको समय त आइपुगेन रु राजनीतिज्ञ मात्र होइन आफूलाई विद्वान, समाजका अगुवा, शिक्षक–प्राध्यापक सबैले गहिरिएर अध्ययन गरिदिएको भए १ आजको नयाँ पुस्ता अन्योलमा रहनु पर्ने थिएन । उसको जीवन यस प्रकारको धरापमा पर्ने थिएन । सबैले बुझ्नुपर्ने तथ्य भनेको, चिन्ता जाहेर गर्दै तथ्यहीन मनगढन्ते अभिव्यक्ति दिँदैमा केही हुँदैन ।
तर आजको युग सूचना र प्रविधियुक्त भएकोले Jack of all master of non को अवस्था सृजित भएको छ । अझ भन्नुपर्दा “अल्प विद्या भयङ्करम्” अर्थात् “A little knowledge is a very dangerous things” जस्तै भएको छ ।
“ सुतेको मानिसलाई व्युँझाउन सकिन्छ तर सुतेको स्वाङ पार्नेलाई ?”
गीतामा विभिन्न माध्यमबाट भगवान कृष्णले अर्जुनलाई कर्म गर, जीवन एक यात्रा हो, सुन्दर यात्रा, प्रफुल्लित, पूर्ण सचेत र श्रद्धामय बन । परिणामको उपेक्षा नगर । तिमी योद्धा हौ । जीवनभरि युद्ध कुशलताको उत्कृष्टतमा बितायौ । अहिले त्यो मौका आएको छ, सर्वश्रेष्ठ धनुधर हुनुछ, यस परीक्षामा सफल बनेर देखाऊ । यहाँ सबैलाई थाहा भएको कुरा, हरेक मानिस एउटा–एउटा प्रतिभा लिएर जन्मेको हुन्छ । त्यसमै ऊ हुर्कने र बढ्ने मौका पाएमा समाज अत्यन्त सुन्दर हुनेथियो । समाज यति धेरै लोभी, ईर्ष्यालु र छदमभेषी हुने थिएन ।
हरेक व्यक्ति आफ्नो गुण दोष लिएर जन्मेको हुन्छ । यो संसारमा प्रकृति बाहेक कोही पनि पूर्ण हुँदैनन् । हरेक व्यक्तिले सम्भावना लिएर जन्मेको हुन्छ । कुनै एक प्रतिभा लिएर जन्मेको हुन्छ । अभिभावक, शिक्षक तथा सरोकारवालाहरुले यस बीजरुपी सम्भावनालाई हुर्कन मद्दत गर्नुपर्दछ तर यसलाई पनि विडम्वना वा दुर्भाग्य मानाैं पढे लेखेका अभिभावक तथा शिक्षकहरु पनि आफ्ना छोराछोरीका कुरा आउँदा उदार हुन सक्दैनन् । फेरि पनि यस्तै अर्ति उपदेश दिन कम्मर कसेर लाग्छन् । यो के भएको होला रु अरु त अरु एक जना प्रतिष्ठित विद्यालयका पधानाध्यापक तथा शिक्षकका छोराछोरी नृत्य र संगीतमा वाह १ भन्ने छ तर गणित विषयमा ६०–७० प्रतिशत भन्दा उकालो लाग्दैन । सरसँग भेट भयो कि टाउको खानु हुन्छ । छोरीलाई विज्ञान पढाउने भनेको रु मेडिकल डाक्टर बनाउने भनेको आदि इत्यादि ।
संक्षेपमा भन्नुपर्दा,
पहिलोः सम्पूर्ण अभिभावक तथा महानुभावहरुले सबै मानिसहरुमा गुण–दोष हुन्छ । यसलाई स्विकाराँै । आफ्नो छोराछोरी वा उत्तराधिकारीलाई आफ्नो अहंकारको बिज नसम्झौं । आफ्नो पेसालाई मर्यादित बनाऊँ । पेशागत निष्ठा जीवनको सर्वोपरी उपलब्धि हो भनेर लागौँ । सरल जीवन जिऊँ । महात्मा गान्धीले बच्चालाई गुलियो नखाउ भन्नको लागि पहिला आफैं गुलियो पदार्थलाई त्याग्नु भएको थियो भन्ने उदारहण मात्रै नसुनाऊँ । आफ्नो जीवनमा पनि लागु गर्ने प्रयास गरौँ । आफ्नो अधिकार क्षेत्र, विषय विज्ञ हो वा होईन भन्ने बुझाैं र मात्र कार्यान्वयन तथा अभिव्यक्ति दिने गरौँ । अथवा अल्प विद्याको कारण उत्पन्न हुन सक्ने भयंकारी परिणामबाट बच्न प्रयाश गरौं ।
दोस्रोः देशको धर्म हुन्छ, संस्कृति हुन्छ त्यो जहिले पनि प्रकृतिसँग गाँसिएको हुन्छ । यसलाई आजको युग अनुसार कति सान्दर्भिक बनाउन सकिन्छ विचार गरौँ, अध्ययन गरौँ र कार्यान्वयन गरौँ । तब मात्र हामीले देशको, समाजको पहिचान, महत्व र अपरिहार्यता अर्को पुस्तामा हस्तान्तरण गर्न सकिन्छ अन्यथा यो बिरालो बाँध्ने प्रथा जस्तो भईदिन्छ । भविष्यको पुस्ताले अनुपयोगी भनेर मलखादमा मिल्काउन सक्छन् ।
मानिस सामाजिक प्राणी हो । समाज र परिवार उसको असली घर हो । अरुको राम्रो घर देखेर हुँदैन । अरुले लगाएको कपडा सुकिलो देखेर पनि हुँदैन । यसबाट अझ शिक्षा लिनसके जीवन सहज र सरल हुन्छ । हामी जहाँ छौँ, जस्तो छौं, त्यसकै पृष्ठभूमिमा बसेर सकारात्मक सोच, आध्यात्मिक मन र बुद्धि लिएर अगाडि बढ्यौँ भने मात्र जीवनलाइ सार्थक बनाउन सकिन्छ । एउटा नेपाली भनाई छ यसैलाई मनन र कति सम्भव हुन्छ कार्यान्वयन गर्न तर्फ लागाैं ।
‘मैले नगरे कसले गर्ने ? यहाँ नगरे कहाँ गर्ने ? अहिले नगरे कहिले गर्ने ?
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij