
मोरङ-पायोनियर मोटो कर्प प्रालिले निशान म्याग्नाईट गाडी विराटनगर बजारमा भित्राएको छ।
विराटनगरमा मंगलबार आयोजित गाडी लन्च कार्यक्रममा महानगरपालिकाका मेयर भीम पराजुलीले मध्यम परिवारका लागि नयाँ गाडी सुविधाजनक भएको बताए। गाडी उद्घाटन गर्दै मेयर पराजुलीले महानगरमा सवारीसाधनको प्रतिस्पर्धाबीच निशान मोटरले फरक छाप छोड्ने बताउँदै मोटर आकर्षक रहेको बताएका थिए।
गाडी लन्च गर्दै विक्रीवितरण समेत सुरु गरिएको पायोनियर मोटो कर्प विराटनगर शाखा प्रमुख अमित अग्रवालले निशान म्यागनाईटले निशान कम्पनीको सवारीसाधनको यात्रामा कोषेढुंगाको सावित हुने बताए।
लन्च गरिएको गाडी विभिन्न ११ किसिमको मोडलमा उपलब्ध रहेको बताएका अग्रवालले गाडीको सुरुआती मुल्य २९ लाख ४९ हजार रहेको बताए। त्यसैगरी गाडीको अधिकतम् मुल्य ४२ लाख ७९ हजार रहेको बताएका उनले निशान म्याग्नाईटले प्रति लिटरमा १७ किलोमिटरको माइलेज दिने दाबी गरे।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij