ईङल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा आज स्थानीय सेन्ट क्रस क्रिकेट क्लबसंग प्रतिस्पर्धा गर्दैछ । 
ईङ्लीस प्रिमियर डिभिजन समेत खेलिरहेको सेन्ट क्रससँगको ट्वान्टी–२० म्याच नेपाली समयानुसार राती पौने ९ बजे सुरु हुनेछ ।
घरेलु टोली टोम फोएलको कमानीमा नेपाल बिरुद्ध मैदान उत्रनेछ । सेन्ट क्रसले नेपालबिरुद्ध आफ्नो प्रथम श्रेणीको टोली मैदान उतार्ने तयारी गरेको छ ।
यसअघि पहिलो अभ्यास खेलमा नेपालले हेयाम्पसायर होग्स क्रिकेट क्लबलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लब एमसीसीसँगको त्रिकोणात्मक सिरिज अघि नेपालले थप २ अभ्यास खेल पनि खेल्नेछ । त्रिकोणात्मक सिरिज भने आगामी शनिबार लर्डसमा हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij