२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेपालमा कोभिड–१९ बाट दोस्रो मृत्यु

नेपालमा कोभिड–१९ बाट दोस्रो मृत्यु

बाँके । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त पुष्टि गरिएको हो ।

आइतबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरे । योसँगै नेपालमा कोरोनाबाट २ जनाको मुत्यु भएको छ ।

कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै संकलन गरिएको थियो । र, आइतबार रिपोर्ट आउँदा पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको आइतबार (आज) बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए ।

उनका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्यु भएको थियो । क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् ।

रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको थियो ।

हिजो (शनिबार) पहिलो सिन्धुपाल्चोकको बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया कोरोना संक्रमित महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। हालसम्म नेपालमा कोरोना भाइरसबाट २९२ जना संक्रमित भएका छन भने ३६ जना निको भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij