२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नेपालमा अाकाश हिलिङ विस्तारमा निरन्तर प्रतिवद्द केशव थापा

नेपालमा अाकाश हिलिङ विस्तारमा निरन्तर प्रतिवद्द केशव थापा

केशव थापा, ट्रेनर, आकाश हिलिङ

साइप्रसका ज्याक मकानीले प्रतिपादन गरेको आकाश हिलिङ कार्यक्रमलाई नेपालमा प्रवद्र्धन गर्ने कार्यमा लामो समय देखि संलग्न हुनुहुन्छ केशव थापा । अहिले आकाश हिलिङ विश्वका विभिन्न देशहरुमा विस्तार भइसकेको छ । नेपालमा पनि यसलाई दु्रत गतिमा अगाडि बढाउने योजनामा रहनुभएको थापा आगामी महिनाबाट यस सम्बन्धी एनएलपि (न्युरो लिङ्ग्वेष्टिक प्रोग्रामिङ) कार्यक्रम पनि सञ्चालन गर्ने योजनामा हुनुहुन्छ । नेपालको राष्ट्रिय कार्यक्रममा नीतिगत तवरबाट नै यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने मान्यतामा हुनुहुन्छ केशव थापा ।

एनएलपी कार्यक्रम सञ्चालन गर्ने तयारी ः
आगामी महिनाबाट दैनिक ३ घण्टाको दरले १५ दिनको लागि एनएलपी कार्यक्रम सञ्चालन गर्ने योजनामा हुनुहुन्छ थापा । यसको अलावा विभिन्न सेमिनार तथा माइन्ड म्यानेजमेन्ट प्रोग्रामहरु हामीले सञ्चालन गर्ने योजनामा ऊहाँ हुनुहुन्छ ।

नेपालमा आकाश हिलिङका इनिसिएटर केशव थापा भन्नुहुन्छ, ‘हामीले जति नकारात्मक कुराहरु आफ्नो मष्तिष्कबाट हटाउन सक्छौं, हामी त्यति सकारात्मक कुराहरु हाम्रो मष्तिष्कमा भर्न सक्छौं । हामी सानोमा अथवा जन्मिदा सकारात्मक नै हुन्छौं । तर नकारात्मक हामी पछि मात्र हुँदै जान्छौं । साथीसंगतबाट भित्र्याएका नकारात्मक कुराहरुले हामीलाई निकै दुखी तुल्याएका हुन्छन् । ती फोहोरलाई सफा गर्ने र सकारात्मक दिशामा अघी बढ्ने कामको लागि यस्ता सकारात्मक सोच उत्पन्न हुने कार्यक्रमहरु युवाहरुको निम्ति निकै महत्वपूर्ण छन् ।

किन आवश्यक छ हिलिङ ?
नेपाली युवाहरुमा रहेका नकारात्मक सोचलाई हटाई सकारात्मक बन्ने दिशामा अघी बढ्नको निम्ति निकै महत्वपूर्ण मानिने हिलिङ कार्यक्रमलाई आधुनिक उपचार पद्धतिको विकल्पको रुपमा समेत लिन सकिन्छ । वेभको माध्यमबाट एक ठाउँमा भएको अदृश्य शक्तिलाई अर्को ठाउँसम्म पु¥याएर तत्कालै विभिन्न समस्याहरुको उपचार गर्न सकिने हिलिङ प्रति अहिले नेपालीहरु पनि जागरुक बन्दै गएका छन् ।

मानिसका अधिकांश रोगहरु हामी आफैंले निम्त्याएका हुनाले ती अधिकांश रोगहरुबाट मुक्ति पाउनको निम्ति पनि बाह्य औषधीको आवश्यकता नपर्ने तर सकारात्मक सोच र दृढ इच्छाशक्ति भने हुनुपर्ने कुरामा केशव थापा आफ्नो क्षेत्रबाट निरन्तर रुपमा संलग्न रहिरहनुभएको छ ।

नेपालमा प्रचलित हिलिङहरु ः
नेपालमा अहिले धेरै किसिमका हिलिङहरु प्रचलनमा छन् । जापानिज हिलिङ, आवाजको माध्यमबाट गरिने हिलिङ, रेकी, भारतीय तथा चिनियाँ हिलिङ लगायतका विभिन्न किसिमका हिलिङहरु अहिले अस्तित्वमा छन् । सबै हिलिङहरुको आधारभूत सिद्धान्त एउटै भएपनि उक्त हिलिङ कसरी लिने कसरी भन्ने कुरामा यो निर्भर रहन्छ ।
कुनै हिलिङमा एकले अर्कोलाई छोएर हातको माध्यमबाट वेभ प्रशारण गरिन्छ भने कुनै हिलिङ नछोइकन निकै लामो दूरीका मानिसहरुलाई पनि उक्त वेभ प्रशारण गरेका प्रभावको कारण हाम्रो उद्धेश्य पूरा गराउन सकिन्छ ।

‘हामीले हिलिङको माध्यमबाट आधुनिक उपचारबाट सम्भव नभएका समस्याहरु समेत सफल तवरले उपचार गराएका छौं । नेपालमा नै बसेर विदेशमा विभिन्न ठाऊँमा भएका मानिसहरुलाई पनि उपचार गराएका छौं’ हिलिङको माध्यमबाट आफू मातहत सम्पन्न कार्यक्रमबारे थापाले आफ्नो अनुभव सुनाउनुभयो ।

नेपालमा अहिले हिलिङ व्यक्तिगत पहलमा मात्र सञ्चालनमा छ । यसलाई थप ठूलो क्षेत्रमा विस्तार गरिनु जरुरी छ । यसको लागि नीतिगत तवरबाट काम अघी बढाउनु जरुरी रहन्छ । यसको लागि पनि हामीले पहल गरिरहेका छौं ।

हिलिङको उत्पत्ति ः
हिलिङ पद्धति हाम्रो पौराणिक शास्त्रको रुपमा रहेको गीताबाट नै भएको हो । यद्यपि अहिले भने यो पद्धति विश्वका वहुसङ्ख्यक देशहरुमा पनि विस्तार भएको छ । ती देशहरु हुँदै अहिले पुःन नेपालमा आएको छ यो पद्धति । यसलाई निकै ठूलो दायरामा विस्तार गर्नुपर्ने आवश्यकता छ । नेपालमा आगामी दिनमा यस्ता कार्यक्रमहरु तल्लो तहमा लैजानको निम्ति अन्य निकायहरुको पनि सहयोग आवश्यक छ ।

सकारात्मक सोच र स्वास्थ्य लाभको निम्ति हिलिङको महत्व ः
नेपालमा अहिले योग, ध्यान, हिलिङ लगायत प्रचलनमा छन् । जुन सकारात्मक सोच तथा स्वस्थ जीवन र जगत प्रतिको बुझाइको निम्ति निकै आवश्यक कुराहरु हुन् । आधारभूत रुपमा हेर्दा दुवैको काम समेत एउटै किसिमको देखिन सक्छ । यद्यपि ध्यानले मानिसका विचारहरुलाई एउटै विन्दुमा ल्याउने काम गर्छ । योगले मानिसको शक्तिको माध्यमबाट सकारात्मक ऊर्जा प्रदान गर्ने काम गर्छ । तर हिलिङ तुलनात्मक रुपमा योग र ध्यान भन्दा सहज छ । मानिसहरुका मनमा धेरै किसिमका सकारात्मक तथा नकारात्मक विचारहरु आउने गर्छन् । ती सबै विचारबाट हामीलाई आवश्यक कुराहरु व्यवस्थित तवरले ग्रहण गर्नको निम्ति हिलिङ सबैभन्दा सहज र सरल छ ।

विद्यालय तहको शैक्षिक कार्यक्रममा आवश्यक छ हिलिङ ः
‘नेपालमा युवाहरुलाई सकारात्मक ऊर्जा पैदा गर्ने कार्यक्रमहरु आवश्यक छन् । यसैकारण अहिले हामीले शैक्षिक कोर्षको रुपमा पनि ध्यान तथा हिलिङ समेट्नुपर्छ भन्ने कुरा हामीले उठाउँदै आएका छौं । अहिले हामी नेपालका युवाहरुलाई लक्षित गरेर सचेतनामूलक कार्यक्रमहरु विद्यालय तहमा नै लैजानु आवश्यक छ भन्ने किसिमले हामीले पहल गरिरहेका छौं ।’ यस्ता कार्यक्रमहरुले हाम्रा आगामी पुस्ताको भविष्य समेत सुरक्षित हुनेछ । अहिले नेपालमा ७ ओटै प्रदेशमा विशेष टे«निङ सेन्टर चलाउने कुरा आइरहेको छ, त्यस क्रममा पनि यस किसिमका कार्यक्रमहरु अनिवार्य रुपमा संलग्न गर्नुपर्ने आवश्यकता छ ।

जीवन के हो ?
‘जीवन र जगतलाई हामीले कसरी बुझ्छौं र त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरामा नै जीवन निर्भर रहन्छ । जीवन यात्रा हो । जीवन निरन्तर चलिरहन्छ । हामीले जानेको कुरा अरुलाई सिकाउने हो । नजानेको कुरा अन्य व्यक्तिहरुबाट हामीले सिक्ने हो । यस अर्थमा हामीले जीवनलाई विद्यार्थीको रुपमा पनि हेर्न सक्छौं’ थापा भन्नुहुन्छ ।

रोगको कारण नै भय, त्रास र सोच ः
रोग मानिसले आफ्नै सोच र व्यवहारबाट नै निम्तिने हो । डर र त्रास रोगका लक्षणहरु हुन् । मानिसमा आउने तनाव र नकारात्मक विचारबाट नै रोग सृजना हुने गर्छ ।

आफ्नै बारेमा सोचौं ः
अहिले पनि अधिकांश मानिसहरु आफ्नो बारेमा सोच्न वा काम गर्न चाहँदैनन् । जहिले पनि अरुका बारेमा नै सोचेर चिन्तित हुने गर्छन् । तर हामीले बुझ्नुपर्ने महत्वपूर्ण कुरा भनेको सबैभन्दा पहिले आफूले नै बुझ्ने कोसिस गर्नुपर्छ । म को हुँ ? मेरो क्षमता के छ ? भन्ने कुरा बुझ्न सकेमा सकारात्मक तवरले परिवर्तित हुन सकिन्छ । त्यसैबाट नै अन्य व्यक्तिहरुलाई पनि सकारात्मक तवरले परिवर्तन गर्न सकिन्छ । जुन निकै महत्वपूर्ण कुरा हो । यसैकारण हरेक नेपालीले केही समय आफ्नो लागि पनि छुट्याउनुस् । जब तपाईं आफू राम्रो बन्नुहुन्छ । आफ्नो क्षमता चिन्निुहुन्छ । यो जान्ने बित्तिकै सबै कुराहरु सहज हुँदै जान्छन् । तपाईंका समस्याहरु आफैं समाधान भएर जान्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij