२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

नेविसंघ एनआरका सचिवको मृत्युपछि नेविसंघले निकाल्यो जुलुस

नेविसंघ एनआरका सचिवको मृत्युपछि नेविसंघले निकाल्यो जुलुस

काठमाडाैंकाे तारकेश्वर स्थित नेपालटार चाेक नजिकै हिजाे साँझ ८.३० बजे बा ३ ख २६१३ नम्बरकाे बसले ढक्कर दिँदा १ जनाकाे मृत्यु भएकाे छ ।

दुर्घटनाबाट मृत्यु भएका व्यक्ति नुवाकाेट घर भएका एनअार क्याम्पसका नेवि संघ क्याम्पस इकार्इ  कमिटीका सचिव चन्द्र प्रकाश माेक्तान हुन् ।

ड्राइभरकाे लापरवाहीकाे कारण दुर्घटना भएकाे भन्दै उक्त क्षेत्रका ग्रामीण तथा एनअार क्याम्पसका विद्यार्थीहरूले क्याम्पस नै ठप्प पारेर अान्दाेलन गरिरहेका छन् ।

विद्यार्थीहरूले पीडित पक्षलार्इ क्षतिपुर्ति र पीडकलार्इ कारवाही गर्नुपर्ने माग अघी सारेका छन् । साथै ड्राइभरकाे लाइसेन्स खारेजी गर्नुपर्ने भन्दै विद्यार्थीहरू अाक्राेशित रूपमा प्रस्तुत भएका छन् ।

नेपालटारचाेकबाट शुरू भएकाे विद्यार्थी अान्दाेलन नारा जुलुस सहित शेषमती, बाइपास, बालाजु, माछापाेखरी, गुम्बा, लाेकतान्त्रिक चाेक लगायतका विभिन्न क्षेत्रमा पुगेकाे थियाे ।

अान्दाेलनमा संलग्न व्यक्तिहरूले तारकेश्वर नगरपालिकाले सही तवरले सडक व्यवस्थापन कार्यमा बजेट प्रयाेग नगरेकाे  समेत सडक दुर्घटना बढिरहेकाे र अकालमा मृत्यु हुने क्रम बढेकाे तर्फ समेत उपस्थित व्यक्तिहरूलार्इ ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij