२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेकपा सांसदलाई बजेटकाे पक्षमा उभिन प्रधानमन्त्रीको यस्ताे निर्देशन

नेकपा सांसदलाई बजेटकाे पक्षमा उभिन प्रधानमन्त्रीको यस्ताे निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुलाई नीति तथा कार्यक्रम र बजेटका पक्षमा दृढतापूर्वक उभिन लिखित निर्देशन दिएका छन् ।

संघीय संसदको दुवै सदनको बैठक सुरु हुनुअघि शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, प्रतिनिधिसभामा दलका प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभामा दलका नेता दीननाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराईसहित बैठक बसेर आफ्नो पार्टीका सांसदहरुलाई लिखित निर्देशन जारी गरेका हुन् ।

शुक्रबार अपरान्ह ४ बजेदेखि संघीय संसदको बजेट अधिवेशन सुरु भएकाे छ । अधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते नीति तथा कार्यक्रम संसदमा पेश गर्ने कार्यक्रम छ भने संबैधानिक ब्यवस्था अनुसार जेठ १५ गते सरकारले बजेट पेश गर्नेछ । ‘संसदका दुवै सदनका छोटाछरिता र मर्यादित एवम् विषय केन्द्रीत हुनुपर्ने र संसदमा हाम्रो दलको एकता र विषयगत एकरुपता स्पस्ट देखिनुपर्ने आवश्यक्तालाई माननीयज्युहरुले बुझ्नु नै भएको छ,’प्रधानमन्त्रीको लिखित निर्देशनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij