नुवाकोट। बैशाख ९ र १० गते नुवाकोटमा भएको १२ अाै अन्तर डाेजाे सितोरियो कराँते च्याम्पियनसिपमा ३१ कराँते डाेजाेकाे प्रतिष्पर्धा सम्पन्न भएको छ । जसमध्ये नुवाकोटका बेलकाेटगढी नगरपालिका बाट २५ खेलाडीको ऊलेख्निय सहभागी थियो । ऊक्त प्रतिस्पर्धा १५, २०,२५,३०,३५ तथा ६० भन्दा माथि फ्रि अाेईट ताैल समुहमा प्रतियोगिता भएको थियो । जसमध्ये बेलकाेटगढी नगरपालिकाले ९ स्वर्ण, ४ रजत तथा ३ काँस्य पदक हात पारी च्याम्पियनसिप बन्न सफल भएको छ । त्यसैगरी ३ स्वर्ण ,१ रजत तथा ७ काँस्य सहित विदुर नगरपालिका द्धितिय र १ स्वर्ण र ३ रजत तथा २ काँस्य सहित सामरी सितोरियो कराते डोजोले तृतीय स्थान हाँसिल गरेकाे छ ।


कार्यक्रमका उत्कृष्ट खेलाडीका ऊपाधि बेलकाेटगढी नगरपालिका नुवाकोटका विकास मगरले प्राप्त गरेकाे छन् । च्याम्पियनसिप उद्घाटन समारोहमा प्रमुख अतिथि नुवाकोट जिल्ला समन्वय समिति सभापति सन्तमान तामाङ, विशिष्ट अतिथि नेपाली काँग्रेसका युवा नेता एवम पुर्व जिल्ला कराँते संघ अध्यक्ष राजु थापा लगायत रहनुभएकाे थियोे । त्यसैगरी समापन समाराेहमा प्रमुख अतिथि नेपाली काँग्रेसका संसद बहादुर सिंह लामाले सम्बाेधन गर्नुभएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij