२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

निषेधाज्ञा जारी गर्ने जिल्लाहरुको संख्या ७० पुग्याे (सूची)

निषेधाज्ञा जारी गर्ने जिल्लाहरुको संख्या ७० पुग्याे (सूची)

देशमा कोरोनाभाइरसको संक्रमण बढेसँगै निषेधाज्ञा जारी गर्ने जिल्लाहरुको संख्या बढ्दो छ ।

साेमबार साँझ ७ बजेसम्म निषेधाज्ञा लगाउने जिल्लाहरुको संख्या ७० पुगेको गृह मन्त्रालयले जनाएको छ ।

केही जिल्लामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने केहीमा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । सोमबार सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् भने मृतकको कुल संख्या ३ हजार ८५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij