२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नाफिजले पायाे यस वर्षको पूँजीबजार उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार

नाफिजले पायाे यस वर्षको पूँजीबजार उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार

यस वर्षको पूँजीबजार उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) लाई प्रदान गरिने भएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आफ्नो २९औँ वार्षिक उत्सवको अबसरमा उक्त पुरस्कार संघलाई प्रदान गर्ने घोषणा गरेको हो ।

बोर्डको २९ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नाफिजलाई उक्त अवार्ड प्रदान गरिने घोषणा गरे ।

पूँजीबजारको विकास तथा सुधार, लेख रचना प्रशारण, छलफल अन्तरक्रिया सञ्चालन गरेकामा नाफिजलाई बोर्डले पत्रकारिता पुरस्कार दिने निर्णय गरिएको अध्यक्ष ढुंगानाले बताए ।

योसँगै आर्थिक पत्रकार संघ नाफिजले ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्रबाट सम्मान पाउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij