२०७६ साल पौष ४ गते हुने भनिएको नाडाको २० औं अध्यक्ष लगायत केन्द्रीय कार्य समितिको निर्वाचन निर्विरोध रुपमा सम्पन्न हुने निश्चित भएको छ । नाडाले अनुसार २०७६ साल मार्ग २९ गते उम्मेदबारको मनोनयन पत्र दर्ता गर्ने मिति तोकिएको थियो । उक्त निर्वाचनको अध्यक्ष पदका लागि नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालको मात्र उम्मेदवारी परेकोले कृष्णप्रसाद दुलाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको छ ।
त्यसैगरी नाडाको केन्द्रीय कार्य समितिको सदस्य पदमा १७ जनाको उम्मेदवारी दर्ता भएकोमा ३ जना उम्मेदवारले आफनो उम्मेदबारी फिर्ता लिएको अवस्थामा १४ जना केन्द्रीय कार्य समितिका सदस्यहरुको पनि निर्विरोध निर्वाचित हुने अवस्था बनेको हो ।
नाडाको ४ वटा संस्थागत सदस्यहरुको पनि निर्विरोध उम्मेदवारी परेको नाडाले जानकारी दिएको छ । नाडाको अव बन्ने केन्द्रीय कार्य समिति यस प्रकार हुनेछ । नाडाको विधान अनुसार पदाधिकारीहरुको चयन ४३ औं वार्षिक साधारण सभापछि बस्ने पहिलो केन्द्रीय कार्य समितिको बैठकले गर्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij