२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नयाँ वर्षमा बससेवाको अफरः ८२ वटा फ्री टिकटदेखि बम्परमा ८२ हजार नगदसम्म

नयाँ वर्षमा बससेवाको अफरः ८२ वटा फ्री टिकटदेखि बम्परमा ८२ हजार नगदसम्म

काठमाडौँ २४ चैतः सार्वजनिक बसकोे एक मात्र अनलाइन टिकेटिङ प्लेटफर्म बससेवाले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । नयाँ वर्षमा बससेवाले ८२ वटा फ्री टिकटदेखि बम्परमा ८२ हजार नगदसम्म दिने भएको हो ।

बससेवाको नयाँ वर्ष अफर आज (२४ चैत) देखि ६ वैशाखसम्म लागू हुने जनाएकाे छ । यस अवधिमा बससेवामार्फत बसको टिकट काट्ने यात्रुहरू यस योजनामा सहभागी हुन सक्नेछन् । अफरको बम्पर उपहारस्वरूप एक जना भाग्यशाली विजेताले ८२ हजार रुपैयाँ नगद उपहार सहित विभिन्न अफर ल्याइएको कम्पनीले जनाएको छ ।

यस्तै, अफर अवधिभरमा टिकट काट्नेमध्ये ८२ जनाले निःशुल्क टिकट प्राप्त गर्नेछन् भने हरेक टिकट बुकिङमा ५०० रुपैयाँसम्मको क्यासब्याक अफर राखिएको छ । अर्थात, हरेक टिकट काट्दा अधिकतम ५०० रुपैयाँसम्म नगद तत्कालै यात्रुको वालेटमा फिर्ता आउनेछ । र, ४ जना विजेताले ८ हजार २०० रुपैयाँ नगद जित्न सक्ने बससेवाले जनाएको छ ।

नगद उपहार र निःशुल्क टिकट योजनामा एउटा एकाउन्टबाट काटिएको एउटा टिकट मात्र समावेश हुनेछ । यस अफरमा सहभागी हुन बससेवाको मोबाइल एप अथवा वेबसाइटमार्फत टिकट काट्नुपर्ने कम्पनीले जनाएको छ ।

कसरी काट्ने टिकट ?
मोबाइल एप ‘बससेवा’मा लगइन गरेपछि यात्रुले आफ्नो गन्तव्य, यात्रा मिति र समय छनोट गरी विभिन्न गन्तव्यका बसको सिट बुक गर्न सक्छन् । अथवा, वेबपोर्टलमार्फत कुनै ब्राउजरमा बससेवा डटकम (bussewa.com) बाट पनि टिकट काट्न सकिन्छ । निलो रङ लागेको सिट खाली भएको संकेत हुनाले त्यसमध्ये आफूलाई पायक पर्ने सिट छानेर अनलाइन माध्यमबाट भुक्तानी गरेपछि टिकट बुक हुन्छ । बससेवाले एसएमएसबाट पनि टिकट सुनिश्चित भएको जानकारी गराउँछ । त्यसपछि प्राप्त हुने टिकट सुरक्षित राखेर त्यही देखाएर बसमा यात्रा गर्न सकिन्छ वा टिकट काटेको सुनिश्चित भएको एसएमएस पनि देखाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij