२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नबिल बैंकले ‘८ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकिङ्ग

नबिल बैंकले ‘८ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकिङ्ग

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘८ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ । जसका लागि बैंकले निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

यस सम्बन्धमा दुई कम्पनी बीच सम्झौता भएको छ । सम्झौता पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरेका छन् ।

बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ऋणपत्र निष्कासन गर्न थालेको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ८ वर्षको नै रहेको छ । ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरिने नबिल बैंकले जनाएको छ ।

यो ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ८० करोड रुपैयाँ ऋण पूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ ऋण पूँजी रकम सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनबाट निष्कासन गर्न थालिएको बैंकले जनाएको छ ।

सर्वसाधरणका लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्टयाएको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij