२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरण: २ जना बाहेक अन्यलाई थुनामा पठाइने

नक्कली भुटानी शरणार्थी प्रकरण: २ जना बाहेक अन्यलाई थुनामा पठाइने

 

 

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनी प्रहरीले मुद्दा चलाएका दुई जनाबाहेक सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आफ्नो एकल इजलासमा एक साताभन्दा लामो बहस र सुनुवाइपछि नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रकम असुल्ने गिरोहमा संलग्न देखिएको प्रारम्भिक ठहरसहित पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएका हुन् ।

लक्ष्मी महर्जन र टंक गुरुङबाहेक सबैलाई पुर्पक्षको लागि थुनामा पठाउन न्यायाधीश न्यौपानेले आदेश दिएका हुन् । अदालतले महर्जनसँग ५ लाख र गुरुङसँग १० लाख धरौटी मागेको छ ।

बाँकीको धरौटीमाग समेत अस्वीकार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij