२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

धादिङका एक जनामा र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ

धादिङका एक जनामा र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ

काठमाडौँ– र्‍यापिड टेष्टका क्रममा धादिङमा एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।

धादिङको ज्वालामुखी गाउँपालिकाका एक पुरुषमा र्‍यापिड टेष्टबाट कोरोना पोजेटिभ देखिएको हो। उनी गत फागुनमा दक्षिण कोरियाबाट फर्केका थिए।

नेपाल आएपछि होम क्वारेन्टाइनमा रहेका उनको मंगलबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। उनलाई उपचारका लागि टेकु अस्पताल ल्याइएको स्रोतले जानकारी दिएको छ।

र्‍यापिड टेष्टमा कोरोना देखिए पनि त्यसको पुष्टिका लागि उनको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय धादिङले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij