धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ । निमोनियाले थलिएका उनको मंगलबार दिउँसो काठमाण्डुको ग्राण्डी अस्पतालमा निधन भएको हो ।
दुईसातादेखि काठमाण्डुको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका उनलाई छातिमा निमोनियाको इन्फेक्सन भएको थियो ।
विरामीपर्नुभन्दा पहिले मृगौला समेत प्रत्यारोपण गरेकाले सुब्बाको उपचारमा सुधार नहुँदा मृत्यु भएको ग्राण्डी अस्पतालले जनाएको छ । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij