धनकुटामा आज ट्याक्टर दु र्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
सिधुवावाट हिले तर्फ काठको गोलिया वोकेर आउदै गरेको को २ त ८७२१ नं को ट्याक्टर हिले स्थितको होराईजन रिसोर्ट मूनी दू र्घटना हुँदा ट्याक्टर चालक धनकुटा नगरपालिका १ हिले सिँजाली टोलका वर्ष ४५ का राजकुमार सिँजाली मगर र सोही स्थानका वर्ष २८ का सहचालक दल वहादुर सिंजाली मगरको मृ त्यू भएको हिले प्रहरी चौकीले जनाएको छ ।
हिले प्रहरी चौकी प्रमुख कुमार ढकालका अनुसार चालक राजकुमारको घटना स्थलमै मृ त्यू भएको हो भने सहचालक दल वहादुरलाई उपचारका लागि हस्पिटल लैजाँदै गर्दा वाटोमा मृ त्यू भएको हो । ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij