साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । १ हजार १ सय ९३ दशमलव ३९ अंकबाट शुरु भएको कारोबार ११ दशमलव ७३ अंकले घट्दा नेप्से परिसुचक १ हजार १ सय ८१ दशमलव ६६ मा आइपुगेको हो । 
आइतबार ३ हजार ८ सय २२ वटा कारोबारबाट ६ लाख ६१ हजार २ सय ४६ कित्ता सेयर किनबेच हुँदा २१ करोड १२ लाख १३ हजार ८ सय २८ रुपैयाँको कारोबार भएको छ ।
आइतबारको कारोबारमा अन्य सबै सम्पूर्ण उपसमूहहरु राताम्मे भए पनि फाइनान्स कम्पनीको उपसमूह भने हरियाली देखिएको छ । फाइनान्सतर्फ २ दशमलव ९९ अंकले बढ्दा यसको परिसुचक ६ सय १२ दशमलव ५८ अंकमा पुगेको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij