काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी रुकुमबाट दोब्बर बढी मतको अग्रता लिएर विजयी भएका छन्।
रुकुम पूर्वका मुख्य निर्वाचन अधिकृत पुष्पराज शर्माका अनुसार प्रचण्ड १० हजार २४० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार लीलामणि गौतमले ५ हजार ८१ मत प्राप्त गरेका थिए।
कांग्रेस उम्मेदवार कुसुम देवी घर्तीले ३ हजार ४६२ मत प्राप्त गरेकी छन्। देशभर अग्रता ल्याएको रास्वपा उम्मेदवार लखन कुमार थापाले भने रुकुम पूर्वमा ८१६ मत मात्रै प्राप्त गरेका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij