२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

देशैभर राप्रपाको पक्षमा लहर छः उम्मेदवार निराैला

देशैभर राप्रपाको पक्षमा लहर छः उम्मेदवार निराैला

सविन निरौला प्रतिनिधिसभा सदस्य, राप्रपा उम्मेदवार, मोरङ–६

सविन निरौला राष्ट्रिय राजनीतिमा चर्चित र चिरपरिचित नाम हो । विद्यार्थी समयदेखि नै राजनीतिमा सव्रिmय रहनु भएका निरौलालाई प्रतिनिधिसभा सदस्य पदमा प्रत्यक्षतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङ क्षेत्र नं. ६ मा उम्मेदवार बनाएको छ । देशको न्याय, कानून, कृषि, रोजगारी लगायतका क्षेत्रलाई मजवुत बनाउन संघर्षरत सविन निरौला समाजसेवी स्वभावका हुनुहुन्छ । राप्रपाका युवा नेता निरौलाले यस क्षेत्रमा जित्ने आधार धेरै रहेको छ । यति बेला उहाँ मतदाताको घरदैलोमा हुनुहुन्छ, मतदाताले उहाँलाई जिताउने आर्शिवाद दिइरहेको देखिएको छ । प्रस्तुत छ, राप्रपा उम्मेदवार सविन निरौलासँग गरिएको कुराकानी:

तपाई राप्रपाको तर्फबाट मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्नु भएको छ । कस्तो लागिरहेको छ ?
देशको राजसंस्थावादी र हिन्दुवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट मोरङ क्षेत्र नं. ६ मा उम्मेदवार बन्न पाउँदा म अत्यन्त गौरवाङ्गित र हर्षित भएको छु । साथै उत्साहित समेत भएको छु । यो राप्रपाले जित्ने क्षेत्रका रुपमा मतदाताले मुल्याङ्कन गर्नु भएको छ । यहाँका स्थानीय जनताले मलाई तपाई हाम्रो माग सम्बोधनका लागि उठ्नुपर्यो हामी साथ छौ भनेको अवस्था हो । म संवैधानिक राजसंस्था र हिन्दुराज्यको एजेण्डा स्थापित गर्न उठेको हो । जित्नकै लागि उठेको हुँ । म राप्रपामा रहेर पनि सबै जनतालाई समान रुपले सेवा गर्दै आएको छु । सरसर्ती भन्नु पर्दा हिन्दु राज्य र संवैधानिक राजसंस्थाको पक्षमा जनमत बढ्दै गएको छ । त्यसैले म जित्नका लागि तयार भएर बसेको छु । यो क्षेत्रका स्थानीय वासिन्दाले धेरैलाई हे¥यौ, यस पटक तपाईलाई हेछौं भनिरहेको अवस्था छ । म जितेपछि सबै मतदाताको मतलाई सधै सम्मान गरेर अघि बढ्नेछु ।

राप्रपाको सङ्गठन खस्कियो भनिन्छ नि ?
राप्रपाको सङ्गठन खस्केको भन्ने होलान् । तर राप्रपाको एजेण्डामा, राप्रपा पार्टीमा मत बढ्दै गएको छ । यहाँका जनताले ‘जहाँ सविन निरौला त्यहाँ जनता’ भनिरहेको अवस्था छ । मोरङ ६ मा मात्र हैन देशै भर राप्रपाको पक्षमा लहर छ । राप्रपा विकासवादी पार्टी हो । यो पार्टीलाई अब जिताउने बेला आएको छ । अहिले हामीलाई जनताले नजिताए कहिले जिताउने ? राप्रपा देशै भरको फरक धारको नेतृत्व गरिरहेको पार्टी हो । राप्रपाको सङ्गठन विगत भन्दा सय प्रतिशत बढ्दै गएको छ । यो क्षेत्र पनि राप्रपाले जित्ने क्षेत्र हो । म आम मतदातालाई भन्न चाहन्छु, तपाईहरुको विश्वासको मत यसपटक मलाई चाहियो, राप्रपालाई चाहियो । हामी हाम्रो एजेण्डामा मत मागिरहेका छौं । म पनि पहिलो पटक तपाईहरुसँग मत मागिरहेको छु । मलाई विश्वासको मत दिनु होला ।

 

सबैभन्दा पहिला देशबाट भ्रष्टाचार निबारण गर्न राप्रपाले जित्नु पर्छ । हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘घुस खानु भनेको आमाको रगत खानु सरह हो’ भन्नु भएको छ । यहि आदर्शका कारण हामी जित्दैछौ । हामी राजावादी र हिन्दुवादी भएकाले हामीलाई नै हिन्दुवादी र राजावादीले जिताउदै छन् । यस पटकको निर्वाचनमा राजसंस्था र हिन्दु राज्यको पक्षमा लहर नै चलेको छ ।

देशको कठिन अवस्थामा निर्वाचन हुँदैछ, तपाईलाई कस्तो लागि रहेको छ ?
देशको अवस्था कठिन भएपनि निर्वाचनपछि देशको अवस्था संलिदै जानेछ । जेन–जि आन्दोलनले नयाँ सरकार बन्यो । जेनजिकै बलमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । देश त्यति साह्रो कठोर भने छैन । देशको शान्ति सुरक्षाको अवस्था राम्रै छ । देशलाई शान्तिपूर्ण रुपमा अवतरण पनि यहि निर्वाचनले गर्नेछ भन्ने विश्वास लिएको छु ।

जनताले यस पटक राप्रपालाई नै किन जिताउने ?
सबैभन्दा पहिला देशबाट भ्रष्टाचार निबारण गर्न राप्रपाले जित्नु पर्छ । हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘घुस खानु भनेको आमाको रगत खानु सरह हो’ भन्नु भएको छ । यहि आदर्शका कारण हामी जित्दैछौ । हामी राजावादी र हिन्दुवादी भएकाले हामीलाई नै हिन्दुवादी र राजावादीले जिताउदै छन् । यस पटकको निर्वाचनमा राजसंस्था र हिन्दु राज्यको पक्षमा लहर नै चलेको छ ।

देश व्यापी फैलिरहेको महँगी, भ्रष्टाचार कसरी नियन्त्रण होला ?
देशव्यापी फैलिरहेको महँगी, भ्रष्टाचार नियन्त्रण्का लागि पनि राप्रपाले जित्नुपर्छ । महँगी नियन्त्रण गर्न बनेका सरकारी सम्यन्त्र पनि यतिवेला फितलो देखिन्छ । देशमा काम गर्ने होनाहार युवा विदेशिएको अवस्था छ । कृषिमा काम गर्ने युवा विदेशिएपछि स्वदेशमा उत्पादन घटिरहेको छ । विदेशबाट आयात गरिरहनु परेको छ । यस्तो अवस्थामा महँगी बढ्नु एकहदले स्वभाविकै हो । अर्को कुरा नेपालमा भ्रष्टाचार दिनदिनै बढ्दै गएको छ । राप्रपा सत्तामा नपुगि भ्रष्टाचार निवारण हुनेवाला छैन । ठुला दलका नेताका भ्रष्टाचारको काण्डले राजनीति घेरिएको देखिन्छ । त्यसैले राप्रपाले सधै भ्रष्टाचारको विरोध गरिरहेको सबैलाई विविदै भएको कुरा हो ।

नेपालमा रोजगारी नपाएका युवाहरुलाई के भन्नु हुन्छ ?
नेपालका उद्योग कलकारखाना यहाँका प्रमुख दलले बेचेर खाएका छन् । यहाँ काम गर्ने ठाउँ नपाएपछि, अवसर नपाएपछि देशका होनाहार युवा विदेशिनु स्वभाविक नै हो । यदि राप्रपा सत्तामा जाने हो र एक्लौटी सरकार संचालन गर्ने अवसर पाउछ भने देशमा कलकारखाना, उद्योग धन्दा थपिदै जानेछ । त्यस अवस्थामा अहिले जस्तो युवाहरु दिनदिनै कामको शिलशिलामा विदेश जानु पर्ने छैन । त्यसैले राप्रपालाई यस पटक जिताई दिनु होला । युवाको जित राप्रपाको जित । राप्रपा विकासवादी पार्टी हो । यो क्षेत्रमा पनि युवालाई स्वदेशमै रोजगारी दिलाउन, काम गर्ने अवसर दिलाउन मलाई जिताउनु होला । हरेक किसिमले जनतामुखी पार्टी भएकाले यस पटक राप्रपाको पक्षमा लहर छ । जताजतै राप्रपाले जित्ने मैले देखेको छु ।

यस पटकको निर्वाचनमा राप्रपाको कस्तो अवस्था रहला ?
हामी पहिलो दोस्रो हुने उद्देश्यका साथ चुनावी मैदानमा छौ । हलोप्रति जनताको अगाध अस्था र विश्वास छ । अब हामीले नजिते कहिले जित्ने ? यो निर्वाचनलाई पनि हामीले आन्दोलनकै रुपमा लिएका छौं । यहि निर्वाचनबाटै हाम्रो एजेण्डा स्थापित हुनेछ ।

राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउँला नि ?
राजावादी र हिन्दुवादीको पुरै मत राप्रपालाई आउनेमा हामीले विश्वास लिएका छौं । यो देशमा ९० प्रतिशत भन्दा बढी हिन्दु छन् । त्यसैले हामीलाई हिन्दुहरुको साथ, सहयोग र माया चाहिएको छ ।

अब देश कुन मोडमा जाला ?
निर्वाचनपछि देशको अवस्था झनझन राम्रो हुँदै जानेछ । यो निर्वाचनले राप्रपालाई सत्तामा पु¥याउने छ । राप्रपा स्पष्ट राजसंस्थावादी भएकाले राजसंस्थावादीको समूल मत राप्रपालाई आउने पक्कापक्की छ । यस पटकको निर्वाचनमा राजसंस्था र हिन्दुराज्यको पक्षमा लहर नै चलेको मेरो बुझाई छ ।

अन्तमा  मतदातालाई सन्देश दिनुस् न ?
यस पटक विकासवादीलाई रोजिदिनु होला, राजावादीलाई रोजिदिनु होला, हिन्दुवादीलाई रोजिदिनु होला । यो क्षेत्रलाई राप्रपाको किल्लाको रुपमा स्थापित गर्न चाहान्छु । मलाई सबै मतदाताले अमुल्य मत दिएर साथ र सहयोग गरिदिनु होला । यो मौको हो, अवसर हो, राप्रपालई जिताउनु होला ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij