दाङ, ११ चैत: घोराही उपमहानगरपालिका–९ खैरा क्षेत्रस्थित साङ्ग्रिला प्लाई उद्योगमा गए राति भीषण आगलागी भएको छ। राति करिब २ बजेदेखि सुरु भएको आगो हालसम्म नियन्त्रणमा आउन सकेको छैन।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार आगो नियन्त्रणमा लिन जिल्लाका विभिन्न स्थानबाट दमकल र ट्याङ्कर ल्याएर प्रयास भइरहेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दा आगो निभाउने कार्यमा सक्रिय छन्।
आगो लागेका स्थानसँगै आवासीय क्षेत्र नजिकै भएकाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। बस्ती जोगाउन विशेष ध्यान दिइएको लम्सालले जानकारी दिनुभयो। साथै, बाँके र रुपन्देही जिल्लाबाट पनि थप दमकल बोलाइएको छ। आगलागीको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij