२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

थाइल्याण्ड डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो, १६ बेपत्ता

थाइल्याण्ड डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो, १६ बेपत्ता

काठमाडौं । दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । बिहीबार भएको दुर्घटनाका कारण १६ जना चाइनिज पर्यटक हराइरहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

दुर्घटनामा परेका दुई डुङ्गामा अधिकांश पर्यटकहरू रहेका थिए । दुवै डुङ्गामा गरी कुल १३३ जना यात्रु रहेका बताइएको छ ।  दुर्घटनामा परेर मृत्यु भएका र हराइरहेका मध्ये अधिकांश चिनियाँ पर्यटक रहेको अधिकारीहरूले जनाएका छन् । डुङ्गामा धेरैजसो चिनियाँ नागरिक रहेको सोङगखिलका चिनियाँ कन्सुलेट जनरलले पनि पुष्टि गरेका छन् ।

हराएकाको खोजीका लागि थाइ प्रहरी, सैनिक, नौसेना, स्थानीय कार्यकर्ता र हेलिकोप्टर परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij