२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

थप ८४१८ जनामा कोरोना पुष्टि, ५३ को मृत्यु

थप ८४१८ जनामा कोरोना पुष्टि, ५३ को मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि शुक्रबार नेपालमा ९१९६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५० जनाले ज्यान गुमाएका थिए ।

मन्त्रालयले शनिबार जनाएअनुसार १७ हजार ३१५ जनाको पीसीआर विधि र ९८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः ८ हजार २८७ र १३१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्तमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ भने मृतकको कुल संख्या ३६३२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij