२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

त्रिवेणी कप सुरु, देशभरका २३ क्लब भिड्दै

त्रिवेणी कप सुरु, देशभरका २३ क्लब भिड्दै

विगत २६ वर्षदेखि बेँसीसहरमा हुँदै आएको त्रिवेणी कप फुटबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । प्रतियोगितामा देशभरका २३ क्लबले भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन आज बेँसीसहर नगरपालिकाका मेयर गुमानसिं अर्यालले गरेका थिए ।

कार्यक्रममा बाल्दै प्रमुख अतिथि अर्यालले लमजुङ जिल्लामा राष्ट्रिय स्तरको प्रशिक्षण केन्द्रको स्थापना गर्न सकेमा खेलको विकास र खेलाडीहरुले खेल्न सक्ने उपयुक्त वातावरणको सिर्जना हुने बताए । उनले जिल्लालाई खेलको माध्यमबाट चिनाउनको लागि गाउँ, गाउँमा फूटबल खेलमैदान आवश्यक रहेको बताउँदै लुकेर रहेका प्रतिभालाई खेलको माध्यमबाट चिनाउनुपर्ने समेत उल्लेख गरे ।  मेयर अर्यालले स्थानीय तहमा खेलकुदको क्षेत्रलाई प्रथामिकता दिएर काम गर्ने प्रतिवद्धता समेत जनाएका छन् । उनले भने बेँसीसहर नगरपालिकाका ११ वटै वडाका युवालाई खेलकुदमा आर्कषण गर्ने विभीन्न कार्यक्रम सञ्चालन गर्नेछौ ।

मेयर अर्यालले थपे नगरपालिकाले खेलकुदको क्षेत्रलाई प्रथामिकता दिएर काम गरीनेछ । ‘अर्यालले भने राज्यलाई अन्र्तराष्ट्रिय रंगमञ्चमा चिनाउन स्थानिय ,प्रादेशीक र केन्द्रीय सरकारले खेलकुदको क्षेत्रलाई प्राथामिकता दिएर काम गर्नुपर्छ’ ।

त्यस्तै कांग्रेसका जिल्ला सभापति एवम् त्रिवेणी युवा क्लवका पूर्वअध्यक्ष भेषबहादुर पौडेलले प्रतिभाशाली खेलाडीको पहिचान गराउने थलो नै त्रिवेणी युवा क्लव भएको बताए । उनले स्थानीय खेलाडीलाई राष्ट्रियस्तरका खेलाडीसँग अनुभव बटुल्ने अवसर दिनुपर्नेमा जोड दिए ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कपको उपाधी पहिलो हुने समूहलाई नगद ३ लाख त्रिवेणी कप र प्रमाणपत्र प्रदान गरिने छ । दोस्रो हुने समूहले रजतपदकसहित नगद १ लाख ५० हजार प्राप्त गर्नेछन् । सेमिफाइनल उपबिजेता दुई समूहलाई नगद ५०, ५० हजार प्रदान गरिने त्रिवेणी युवा क्लवका अध्यक्ष छविन्द्र गुरुङले बताए ।

अध्यक्ष गुरुङका अनुसार, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५÷१५ हजार, स्वर्णपदक र प्रमाण पत्र प्रदान गरिनेछ । यस्तैगरी, अनुशासित टिमलाई १० हजार ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

खेलको पहिलो दिन बुधबार त्रिवेणी भेट्रोन र लमजुङ मस्र्याङ्दी युवा क्लबबीच मैत्रीपूर्ण खेल संपन्न भएको छ । खेलमा ३—० गोल अन्तरले त्रिवेणी युवाक्लब विजयी भएको छ । त्यस्तै बिहीबारको पहिलो खेल सुन्दरबजार युथ क्लब रातो र शेरा ८ बेँसीसहरबीच हुने भएको छ ।

यस्तै दोस्रो खेल अन्नपुर्ण युवा क्लब नाल्मा र नवकालीका युवा क्लब उदीपुरबीच हने, तेसो खेल लमजुङ मस्र्याङ्दी युवा क्लब बेशिसहर र एमसिटी बेशिसहर बिच हुने र चौथो खेल पारादेवी युवा क्लव दुवार र श्रीजङ गण उदीपुरबिच हुने आयोजकले जनाएको छ । प्रतियोगीता पौष १९ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij