२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

तेस्रो बि.सी.ए.कप २०२५ को तयारी पुरा

तेस्रो बि.सी.ए.कप २०२५ को तयारी पुरा

पुुस २९ गतेदेखि हुने तेस्रो बि.सी.ए.कप -२०२५ को तयारी पुरा भएको छ । यही पुस २९ गते अन्तर–कलेज स्तरीय बि.सी.ए.कप फुटसल प्रतियोगिता हुन लागेको हो ।

खेलकुदका माध्यमबाट बि.सी.ए.अन्तर्गतका कलेजहरू बिच एकता, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्य सहित हरेक वर्ष बि.सी.ए. अन्तर–कलेज फुटसल कप सञ्चालन गर्दै आएको जानकारी गराउँदै कलेज प्रशासनले यो वर्षमा हुने तेस्रो संकरणको बि.सी.ए.कपको सम्पुर्ण तयारी पुरा भएकोे जनाएको छ ।

तेस्रो संस्करणको फुटसल कपमा काठमाडौँ उपत्यकाका बि.सी.ए. कलेजहरूका ३२ टीम सहभागी हुनेछन् । विजेता टीमले रु. एक लाख पचास हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रामणपत्र प्राप्त गर्ने छ । त्यसैगरी उपविजेता टिमले नगद रु. ७५ हजार सहित ट्रफी मेडल र प्रामणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिए । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समेत ट्रफीद्वारा सम्मान गरिने भएको छ ।

खेल आयोजनाको सम्पूर्ण जिम्मेवारी डिएभी बि.सी.ए. कलेज संबद्ध वीज्जी डिएभीएन्स् क्लबले लिएको छ भने खेल मैदान एन्फा आबद्ध रेफ्रीको नियन्त्रणमा रहने छ । साथै सम्पुर्ण फुटसल खेल डिएभी कलेज परिसरमा सञ्चालन गरिने भएको छ ।

माघ २ गते तेस्रो बि.सी.ए कपको अन्तिम चरणका खेलहरू सँगै विशेष अर्वाड समारोह सहित  विधिवत रुपमा समापन हुने आयोजकले बताएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij