२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

तारकेश्वरमा नगरस्तरीय हाजिरीजवाफ सम्पन्न, नेशनल माेडल उत्कृष्ट

तारकेश्वरमा नगरस्तरीय हाजिरीजवाफ सम्पन्न, नेशनल माेडल उत्कृष्ट

सृजनशिल विद्यार्थी समाजको आयोजनामा शुक्रबार तारकेश्वरको इमेज स्कुलमा अन्तर विद्यालय नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।


तारकेश्वर वडा ११ की वडा प्रमुख बिन्दा बुढाथोकीको प्रमुख आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रमको सभापतित्व बाबुराम कुवँरले गरेका थिए ।

हाजिरीजवाफमा नेशनल मोडल स्कुल, नेपालटारले प्रथम स्थान हासिल गरेको छ । द्वितीय स्थान मानसिंह धर्म स्कुलले हासिल गरेको थियो । तृतीय स्थान युरेका माविले प्राप्त ग¥यो ।
उक्त प्रतियोगितामा सृजना ज्ञानसागर, इमेज, नेपाल राष्ट्रिय मावि, गुरुकुल स्कुल, फुटुङ मावि लगायतको समेत उपस्थिति थियो । 


कार्यक्रममा प्रमुख अतिथि बिन्दा बुढाथोकीले विद्यार्थीको क्षमता प्रस्फुटनको लागि यस्ता कार्यक्रमहरुको भू्मीका महत्वपूर्ण रहने बताउँदै आयोजकलाई कार्यक्रम आयोजना गरेकोमा आभार व्यक्त गरिन् । कार्यक्रमका सभापति बाबुराम कुवँरले आगामी दिनमा सृजनशिल विद्यार्थी समाजले यस्ता अन्य विविध कार्यक्रमहरु समेत गर्न लागेको बताउँदै कार्यक्रम सफल पार्न सहयोग गर्ने व्यक्ति, संस्था र विद्यालय परिवारमा आभार व्यक्त गर्दै आगामी कार्यक्रमहरुमा समेत सहयोग मिल्ने अपेक्षा समेत जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij