तारकेश्वरको नगरस्तरीय लोक नृत्य प्रतियोगितामा हिमरश्मी स्कुलमा सम्पन्न भएको छ । उक्त प्रतियाेगिता तारकेश्वर नगरपालिका अन्तरगत नगर शिक्षा शाखाद्धारा सञ्चालन गरिएकाे हाे । 
प्रतियोगितामा हिम रश्मी हाई स्कुल प्रथम भएको छ । कौशल बोडिङ स्कुल तारकेश्वर–८ र एन्जल्स् हार्ट मावि. तारकेश्वर–१० ले द्धितृया स्थान, सनफ्लावर एकेडेमी तारकेश्वर–६ ले तृतीय स्थान हासपल गरे ।
विद्यार्थीकाे क्षमता प्रस्फुटनमा सहयाेग पुग्ने मान्यता बमाेजिम नृत्य प्रतियाेगिता अायाेजना गरिएकाे बताइएकाे छ ।
नृत्य प्रतियाेगिता समापन कार्यक्रममा तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहोरा प्रमुख अतिथिकाे रूपमा उपस्थित थिए । यसैगरी तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धिताल, तारकेश्वर नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत जानूका सुवेदी, विद्यालय निरीक्षक रामहरी थपा लगायतकाे उपस्थिति थियाे ।
उक्त कार्यक्रममा तारकेश्वर नगरपालिकाका ३४ वटा विद्यालयहरुको सहभागी रहेको थियाे । 
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij