
अमेरिकको न्युयोर्क शहरमा तामाङ सोसाइटी अफ अमेरिकको एघारौं महाअधिवेशन सम्पन्न भएको छ । अधिवेशनले २०२३ देखी २०२५ सम्मको लागि ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
पहिलो चरणको कार्यक्रम सके लगत्तै शुरु भएको बन्द सत्रमा निर्वाचन अधिकृत भरत मोक्तानले उम्मेदवारी दरखास्त अाह्वान गर्नुभएकोमा अध्यक्ष पदको लागि बुद्धिमान तामाङ र सन्जोग योन्जनले उम्मेदवारी दिएका थिए ।
उम्मेदवार दर्ताको नामावली प्रकाशित भएपश्चात् अध्यक्षका प्रत्यासी दुवैजनालाई आ-आफ्नो धारणा राख्न ५/५ मिनेटको समय दिएकोमा बुद्धिमानले ११ बुँदामा आफ्नो सान्दर्भिक भनाइ राखेर सबैको मन जित्न सफल भएको थियो ।
कुल खसेको मत मध्य ८ मत बदर भएकोमा आफ्नो प्रतिद्वन्द्वी सन्जोग योन्जनलाई १० मतले पछी पार्दै बुद्धिमान तामाङले एतिहासिक जीत निकाल्न सफल हुनु भएको थियो । निर्वाचित हुनु भए पश्चात् आफ्नो भनाइ राख्दै अब आफुले अघि सारेको प्रत्येक बुँदालाइ आत्मसात् गरी कार्य गर्ने प्रतिबद्ध व्यत गर्नुभएको थियो ।अधिबेशनबाट अन्य पदाधिकारी हरु भने निर्विरोध निर्वाचित हुनुभएका थियो ।
बुद्धिमान तामाङकाे अध्यक्षतामा निर्वाचित कार्यसमितिकाे बरिष्ट उपाध्यक्षमा चिना लामा, उपाध्यक्षमा तुल बहादुर तामाङ र आरती लामा मैना छन् भने महासचिबमा शमशेर योन्जन रहेका छन् ।
सचिव भिम स्याङतन र कोषाध्यक्ष सेन्तुन लामा रहेकाे उक्त कार्यसमितिमा तीर्थ राज लामा, बिष्णु तामाङ र निरामाया लामा कार्यस
मिति सदस्य छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij