२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

तामाकोशी जलविद्युतकाे सेयरमा तीन गुणा बढीको आवेदन

तामाकोशी जलविद्युतकाे सेयरमा तीन गुणा बढीको आवेदन

बाँडफाँट दशैँपछि मात्रै हुने

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर दशैँपछि बाँडफाँड हुने भएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको सेयर बाँडफाँड दशैँपछि गरिने सो आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । जिल्लावासीका लागि जारी भएको सेयर भदौ २१ गतेमात्र सकिएको थियो । सेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको छ । सो आयोजनाको साधारण शेयर कात्तिक अन्तिम साता आउने न्यौपानेले बताए ।

प्रवक्ता न्यौपानेका अनुसार दुई लाख १५ हजार दोलखावासीले आवेदन दिएका छन् । दुई लाख ८२ हजारले आवेदन दिन पाउने भए पनि ७५ प्रतिशतले मात्र आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर निष्कासन गरेको छ । स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।  माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चुक्तापूँजीको १५ प्रतिशत अर्थात् एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । स्थानीयवासीका लागि कम्पनीले एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको हो । करीब तीन अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij