२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

तगेरा वार्इनकाे बजार माग बढ्दै

तगेरा वार्इनकाे बजार माग बढ्दै

रूद्र गिरी, अध्यक्ष, पाम ग्रुप

अहिलेकाे प्रतिष्पर्धात्मक बजारमा सबै क्षेत्र प्रतिष्पर्धात्मक नै छ । अाफ्नाे उत्पादन तुलनात्मक रूपमा भिन्न हुन सके मात्र बजारमा राम्राे स्थान हासिल गर्न सकिन्छ । यसैकारण अहिले हरेक क्षेत्रले अाफुबाट उत्पादित वस्तुहरूलार्इ विभिन्न नाम सहित फरक तवरले ब्राण्डिङ गरिरहेका छन् ।

पछिल्लाे समय मदिरा पनि मानिसहरूकाे निम्ति रिफ्रेसमेन्ट, जमघट, भेटघाट तथा भाेजभतेरकाे निम्ति मदिरा पनि त्यस्तै अनिवार्य वस्तु बन्न पुगेकाे छ । त्यस अन्तरगत वार्इनकाे अाफ्नै महत्व छ ।

नेपालमा उत्पादित वार्इनलार्इ सकभर कसरी स्वास्थ्य अनुकुल बनाउन सकिन्छ भन्ने मान्यताले लामाे अनु्सन्धान पछि नेपाली बजारलार्इ लक्षित गरी उत्पादन गरिएकाे वार्इन हाे तगेरा वाइन ।

एलाेभेरा अर्थात घ्युकुमारी सहितका अन्य विविध ८ जडिबुटीहरूकाे सम्मिश्रणबाट तयार पारिएकाे याे तगेरा वाइन सुगरफ्रि वार्इन हाे ।

१२ प्रतिशत अल्काेहलकाे मात्रा रहेकाे याे वार्इनमा ग्याष्ट्रिकलार्इ निकाे पार्ने तथा निष्क्रिय काेषहरूलार्इ  सक्रिय बनार्इ मानिसलार्इ स्वस्थकर बनाउने,काेलेष्ट्राेल, युरिक एसिडलार्इ सन्तुलनमा ल्याउने, प्रजनन प्रणालीलार्इ मजबुत बनाउने, डाइबिटिज राेगीहरूले समेत पिउनकाे निम्ति उपयुक्त हुने लगायतका विभिन्न विशेषताहरू रहेकाे कम्पनीका अध्यक्ष रूद्र प्रसाद गिरीले जानकारी दिनुभयाे ।

पछिल्लाे समय नेपाली बजारमा तगेरा वाइन तुलनात्मक रूपमा राम्राे रहेकाे उपभाेक्ताहरूले बुझ्दै गएकाे कारण बजार समेत बढ्दाे क्रममा रहेकाे बताइएकाे छ । तागेरा वार्इन पाम ग्रुप अन्तरगत सञ्चालित कम्पनी हाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij