२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

 डेरी एसोसिएसनले सार्वजनिक  गर्‍यो नयाँ बर्षकाे क्यालेन्डर  

 डेरी एसोसिएसनले सार्वजनिक  गर्‍यो नयाँ बर्षकाे क्यालेन्डर  

काठमाडाै‌ । २०८० साल बैशाख ६ गते, नेपाल डेरी एसोसिएसनले नयाँ वर्षको क्यालेण्डर बिमोचन गर्‍यो। कार्यक्रम राष्ट्रिय दुग्ध बिकास बोर्ड हरिहरभवन, ललितपुरमा बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवबाट सम्पन्न भयो ।

उक्त कार्यक्रममा एसोसिएसनका अध्यक्ष  प्रह्लाद दाहाल, दुग्ध बिकास संस्थानका महाप्रबन्धक डा. सन्जिप झा, नेपाल एसोसिएसनका सल्लाहकार एवं पूर्व अध्यक्ष  मेघराज भण्डारी, केन्द्रिय दुग्ध उत्पादन सहकारी संघका महासचिव राम आचार्य, डेरी उद्योग सघका अध्यक्ष राजकुमार दाहाल लगायत दुग्ध उद्योगीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि यादवले नयाँ वर्षको शुभकामना सहित दुग्ध क्षेत्रको समस्याहरुको सम्बोधन गर्न हरेक किसिमका सहयोग गर्ने बताउनु भयो भने अध्यक्ष प्रल्हाद दाहालले शुभकामना मन्तव्यको क्रममा दुग्ध क्षेत्रको बिकासमा एसोसिएसनको प्रमुख भुमिका रहेको र सबै समस्याहरुको पहिचान गरि सरोकारवाला निकायमा पुर्‍याउन पहल गरिरहेको कुरा बताए ।

कार्यक्रमको अन्त्यमा सबै सहभागी उपस्थितिहरुलाई नयाँ वर्षको क्यालेन्डर बितरण गरि एकआपसमा शुभकामना आदानप्रदान गरि कार्यक्रम समापन गरियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij