
काठमाण्डु / जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (CEPHED) ले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय(MOHP) एंव विश्व स्वास्थ्य संगठन (WHO) नेपालको सहयोगमा सम्पन्न गरेको मर्करिमुक्त स्वास्थ्य सेवा र मर्करिमुक्त दन्त चिकित्सा सेवा सम्बन्धी निर्णयको परिपालना अनुगमन प्रतिवेदन (Report of Compliance Monitoring Mercury free Health Care Service and Mercury Free Dentistry in Nepal) सम्बन्धी सबै सरोकारवालाहरु सम्मिलित एक कार्यशाला गोष्ठी मार्फत सफलतापुवर्क सार्वजनिक गरेको छ ।
कार्यशाला गोष्ठी मिति २०७९ चैत्र १६ गते नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , स्वास्थ्य समन्वय महाशाखा प्रमुख यशोदा अर्यालको अध्यक्षतामा र डा. दीपेन्द्र रमण सिंह, महानिर्देशक, स्वास्थ्य सेवा विभाग (DoHS) को प्रमुख आतिथ्यतामा सरकारी अस्पताल, निजी अस्पताल, दन्त अस्पताल, दन्त चिकित्सक, नेपाल दन्त चिकित्सक संघ (एनडीए), विकास साझेदारहरूमा यूएनडीपी, डब्लूएचओ, व्यवसायिक स्वास्थ्य तथा सुरक्षा विशेषज्ञहरू, गैरसरकारी संस्थाहरू, पत्रकारहरू आदि लगायत करिब ७० जना प्रतिनिधिहरुको सहभागितामा सम्मपन्न भऐको थियो । गोष्ठीमा अन्य विशिष्ट अतिथिहरू, CEPHED सल्लाहकार तथा FNGSF का अध्यक्ष मोहन कटुवाल, नेपाल डेन्टल एसोसिएसन (NDA) का उपाध्यक्ष डा. अजय कुमार साह , WHO कन्ट्री अफिस नेपाल का NPO श्री राजा राम पोटे श्रेष्ठ र जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक ऐव वातावरण वैज्ञानिक राम चरित्र साहको पनि समउपस्थिति रहेको थियो ।
कार्यक्रमको शुरुवात राष्ट्रिय गान बजाएर गरिएको थियो, त्यसपछि श्री राजाराम पोटे श्रेष्ठ, डब्लुएचओ, कन्ट्री अफिस नेपालको मन्तव्य र मर्करीमुक्त स्वास्थ्य सेवा र मर्करीमुक्त दन्त चिकित्सा सेवा सम्बन्धी अध्ययन प्रतिवेदनमा आधारित ब्रीफिङ पेपर कार्यक्रमप्रमुख अतिथि र अन्य अतिथि द्वारा सयूक्त रूपमा लोकार्पण गरिएको थियो ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र ( CEPHED) का कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक श्री राम चरित्र साहले मर्करिमुक्त स्वास्थ्य सेवा र मर्करिमुक्त दन्त चिकित्सा सेवा सम्बन्धी निर्णयको परिपालना अनुगमन “Compliance Monitoring Mercury free Health Care Service and Mercury Free Dentistry in Nepal” नामक अध्ययन प्रतिवेदन को परीणामहरुबारे ऐस कार्यकत्र प्रस्तुत गरेका थिए। अध्ययनमा तीनवटै भौगोलिक क्षेत्र (हिमाल, पहाड, तराई) र नेपालका सातवटै प्रदेशको प्रतिनिधित्व गर्ने एक फक वटा प्रमुख सहर र वरपरका गरी ४२ वटा सामान्य स्वास्थ्य सेवा र ४७ वटा दन्त स्वास्थ्य सेवा प्रदायक अस्पताल र क्लिनिकहरु समावेश गरिएको थियो ।
सामान्य स्वास्थ्य सेवा सुविधा (General Healthcare Faciliites) मध्ये करिब ९३ प्रतिशत ले मर्करीयूक्त उपकरणहरुको प्रयोग गर्न बन्द गरीसकेको र ७३.८ प्रतिशतभन्दा बढी स्वास्थ्य सेवा प्रदायक अस्पताल र क्लिनिकहरुलाई मर्करीयूक्त उपकरणहरुको आयात, खरीद र प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णयबारे जानकार रहेको अध्ययनको निष्कर्ष निकै उल्लेखनीय रहेको छ । कुनै पनि स्वास्थ्य सेवा प्रदयक अस्पताल र क्लिनिकहरुले मर्करीयूक्त स्फिग्मोमोनोमिटर (रक्त चाप नापने यन्त्र) प्रयोग गरेको पाइएन ।
त्यसैगरी, लगभग ९४ प्रतिशत (%) दन्त चिकित्सा सेवा प्रदायक अस्पताल र क्लिनिकहरु (Dental Healthcare Faciliites) मर्करी अमलगमको सट्टा सुरक्षित वैकल्पिक दन्त मर्करीमूक्त फिलिंगहरू जस्तै GIC (Glass Inomer Cement), कम्पोजिट इत्यादिको प्रयोग गरेको पाइयो र ९३.६२% दन्त चिकित्सा सेवा प्रदायक अस्पताल र क्लिनिकहरुलाई सरकारको मर्करिमुक्त दन्त चिकित्सा सेवा ( Mercury Free Dentistry) सम्बन्धी निर्णयबारे जानकार रहेको अध्ययनको निष्कर्ष अझै निकै उल्लेखनीय रहेको छ । तर, काठमान्डौ र त्रिभुवन विश्वविधालय अन्तर्गतका मेडिकल कलेजहरूले अझै पनि शैक्षिक र प्रयोगात्मक कक्षाका लागि मर्करी डेन्टल अमागम प्रयोग गरेको पाइन्छ। नेपालमा मर्करी-मुक्त दन्त चिकित्साको लक्ष्य हासिल गर्न आवश्यक पर्ने दन्त चिकित्सा कलेजहरूको पाठ्यक्रममा अझै पनि मर्करीमा आधारित अध्ययन सामग्रीहरू रहेकाले यस्तो भइरहेको छ।

कार्यशाला गोष्ठीका सहभगीहरुबाट तीनवटा महत्त्वपूर्ण मुद्दाहरूक्त पहिचान गरियो जसमा सबै सम्बन्धित निकाय र सस्थाहरूबाट तत्काल कदम चाल्न आवश्यक छ । डेन्टल कलेजको पाठ्यक्रममा सुधार, मिनामाता मर्करी महासन्धिको तत्काल अनुमोदन र व्यापक जनचेतना, क्षमता अभीबर्द्धन र संस्थागत सुदृढीकरणको नितान्त आवश्यक्ता औल्याऐको थीयो ।
कार्यक्रमका प्रमुख अतिथि डा. दीपेन्द्र रमण सिंह, महानिर्देशक, CEPHED को पहलको प्रशंसा गर्दै जलवायु परिवर्तन, रसायन र वातावरणीय प्रदूषण बीचको सम्बन्धलाई प्रकाश पार्दै यी मुद्दाहरूलाई अन्तरवान्सिक समानता र न्यायसँग जोड्नुभयो। उहाँले वातावरण र जनस्वास्थ्य समस्यालाई सामूहिक र उत्तरदायी ढंगले सम्बोधन गर्नका लागि वरपर वातावरणीय सरसफाइ कायम गर्नुपर्ने आवश्यकता र संस्थागत संयन्त्रको विकासमा जोड दिनुभयो । उहाले अन्तमा जनस्वास्थ्य ऐन र यसका सार्वजनिक स्वास्थ्य समिति सम्बन्धित व्यवस्थामा अन्तर्निहित उत्कृष्ट प्रावधानलाई प्रयोग गरी स्थापित मार्गलाई निरन्तरता दिन दिनुपर्ने सबैलाई आग्रह गर्दै आफ्नो भनाइको अन्त्य गर्नुभयो।
श्री केशवराज जोशी, वातावरण निरीक्षक, वन तथा वातावरण मन्त्रालय (MoFE) ले मिनामाता मर्करी महासन्धि अनुमोदन पुर्वनै यसका केही प्रावधानहरू परीपालना गर्नमा ठूलो उपलब्धि हासिल गरेको कुरा प्रकाश पार्नुभयो। जस्तै मर्करीयुक्त उपकरणहरू र दन्त चिकित्सामा मर्करी डेन्टल अमल्गमको प्रयोगलाई महासन्धिले सन् २०२५ सम्म पुर्णतया प्रतिबन्ध लगाउनु पर्ने प्राबधान रहेकोमा अगाडिनै यस सम्बन्धमा हामी धेरै सफल भएका छौं र महासन्धिको अनुमोदन प्रक्रियालाई थप गति दिन प्रतिवद्ध छौं र आशा छ,यो छिट्टै अनुमोदन हुनेछ। उहाँले मर्करीयुक्त फोहोर र बाँकी मर्करीयुक्त उपकरण र रसायनहरूको वातावरण मैत्री व्यवस्थापनका मुद्दाहरूलाई पनि अघि बढाउन जोड दिनुभयो।
स्थानीय सरकारका प्रतिनिधि, वातावरण इन्जिनियर, ललितपुर महानगरपालिका प्रदीप अमात्यले ललितपुर महानगरपालिका र वरपरका नगरपालिकाहरूमा व्यापक रूपमा मुर्तिमा सुनको जलप लगाउने कार्यबाट निस्कने मर्करी र यससँग सम्बन्धित स्वास्थ्यजन्य प्रभावहरूको बारेमा अध्ययनको आवश्यकता औंल्याउनुभयो।
अन्तमा, नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख श्री यशोदा अर्यालले शतप्रतिशत मर्करीमुक्त स्वास्थ्य सेवा प्राप्त गर्नका लागि हामी सबैले पहल गर्नुपर्ने आवश्यकता औंल्याउदै र मर्करीमुक्त दन्त चिकित्सा पुर्णतया पहिल्याउन हामीलाई तपाईंहरुसबैको सहयोग चाहिन्छमा जोड दिदै आजको कार्यशालाको समापन गर्नुभयो । यी प्रयासहरूमा हाम्रो मन्त्रालय नेतृत्व भूमिका खेल्न तयार रहेको कुरा राख्नुभयो। स्वास्थ्य मन्त्रालयबाट जारि जनस्वास्थ्य ऐनमा बहुक्षेत्रीय संलग्नता र बहु सूचकहरूको व्यवस्था गरिएको छ। माननीय स्वास्थ्यमन्त्रीको अध्यक्षतामा रहेको जनस्वास्थ्य समितिको संयन्त्रमा अन्य सम्बन्धित मन्त्री र उच्चस्तरीय सरकारी अधिकारीहरूको पनि सहभागिता सुनिश्चित गरिएका छन् । समिति पहिलेनै गठनभै सक्रिय भइसकेको छ र यस मर्करी अन्य समस्याहरूलाई सम्बोधन गर्न बहुक्षेत्रीय संलग्नता आवश्यक पर्ने ठाऊँहरुमा यो समितिले सक्रियता र अग्रसरता लिनुपर्ने देखिन्छ।
उहाले विश्वविद्यालयहरूले दन्त पाठ्यक्रम सुधार गर्न, मिनामाता मर्करी महासन्धि अनुमोदन गर्ने र मर्करीयुक्त फोहोर, रासायनिक सुरक्षा,वातावरणीय स्वास्थ्य र सुरक्षा लगायत स्वास्थ्यसस्थाजन्य फोहोर व्यवस्थापन सबैभन्दा जटिल र कम सम्बोधन गरिएका मुद्दाहरूलाई सम्बोधन गर्न तत्काल आवश्यकता प्रकाश पार्नुभयो। उहाले अन्ततः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आवश्यक समन्वय र आवश्यकता अनुसार नेतृत्वदायी भूमिका खेल्ने आफ्नो उच्च प्रतिबद्धता जाहेर गर्दै आजको कार्यशालागोष्ठिका आयोजक संस्था जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (CEPHED), सहयोगी संस्था विश्व स्वास्थ्य संगठन (WHO) र सबै सहभगिहरू धन्यवाद दिदै गोष्ठिको समापन गर्नुभयो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij