२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

टिपर तथा मालबाहक गाडीमा टाईम कार्ड लागु

टिपर तथा मालबाहक गाडीमा टाईम कार्ड लागु

काठमाडौं उपत्यकामा आजदेखि टिपर तथा मालबाहक गाडीमा टाईम कार्ड लागु भएको छ । 

नयाँ व्यवस्था अनुसार भक्तपुरको साँगादेखि काठमाडौंको कोटेश्वरसम्मको करिब १५ किलोमिटर दुरी ५१ मिनेटमा पार गरिसक्नुपर्नेछ ।

यसका लागि प्रहरीले सवारी नम्बर सहितको टाईम कार्डको व्यवस्था गरेको छ । कार्डमा छुटेको समय, पुग्ने स्थान र ट्राफिक प्रहरी कार्यालयको छाप हुनेछ ।

मालवाहक गाडीले प्रतिघण्टा ४० किलोमिटरमात्र गुड्न पाउनेछन् ।

महाशाखा प्रमुख वसन्तकुमार पन्तका अनुसार २०७४ साउनदेखि २०७५ असार मसान्तसम्म यो सडकमा टिपरको ठक्करबाट ९ जनाको मृत्यु भएको छ ।

टाईमकार्ड अनुसार साँगा– जगाती २० मिनेट, जगाती ठिमि १७ मिनेट र ठिमि कोटेश्वर १४ मिनेटमा पुग्नुपर्नेछ ।

दिउँसो १२ बजे देखी ३ बजे सम्म र राति ८ देखि १० बजे सम्म टाईम कार्ड लागु गर्ने महाशाखाले जनाएको छ ।

टिपर, मालबाहक गाडी , बस र माईक्रो बस विस्तारै गुड्ने भएकाले सडकको दुवै तर्फको बायाँ लेन प्रयोग गर्नेछन् । साथै, निजी तथा साना सवारी साधनले सडकको दुवै तर्फको दायाँ लेन प्रयोग गर्नुपर्ने महाशाखा प्रमुख पन्तले जानकारी दिए।

मालबाहक बाहेकका अन्य सवारी साधन प्रति घण्टा ६० किलो मिटर गतिमा गुड्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij