भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्ना उत्पादन विक्रीवितरणका लागि जनकपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि को जनकपुरका लागि आधिकारिक वितरक गिरिजा अटोमोवाइल इन्टरप्राइजेजले शोरुम सञ्चालनमा ल्याएको हो । 
जनकपुरको मुजेलीयामा आज समुद्घाटित नयाँ शोरुम ३८०० वर्ग फिट क्षेत्रफलमा फैलिएको छ जुन जनकपुरमै सबैभन्दा ठूलो हो । शोरुमको उद्घाटनको सन्दर्भमा टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुख सुजन रोयले गिरिजा अटोमोवाइल र सिप्रदी टे«डिङको नेतृत्वमा यो शोरुमले यस क्षेत्रमा विक्री, सेवा अनि ग्राहकको सन्तुष्टिमा नया आयम कायम गर्ने विश्वास व्यक्त गरे ।
उद्घाटन समारोहमा वोल्दै सिप्रदी टे«डिङका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले गिरिजा अटोमोवाईल र टाटा मोटर्ससँग सहकार्यलाई निरन्तरता दिन पाउँदा हामीलाई धेरै खुशी लागेको बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij