तारकेश्वर नगरपालिका स्थित गुम्बा देखि फुटुङ जोड्ने सडक खण्ड झरीको समयमा पिच गरिएको छ ।
श्री सेतीदेवी कालिदेवी जेभीले निर्माणको जिम्मेवारी लिएको उक्त सडक खण्डको निम्ति सडक छेउमा टाँसिएको योजना सम्बन्धी सूचनापाटीमा योजना सम्बन्धमा उल्लेख हुनुपर्ने न्यूनतम जानकारीहरु समेत आवश्यक जानकारीहरु उपलब्ध गराइएको छैन ।
योजनाका ठेकेदार धन वहादुर लामालाई बर्षामा बाटो पिच गर्दा बाटोको गुणस्तर खस्कन सक्ने बारे प्रश्न गर्दा उनले बाटो १२ बर्ष सम्म केही नहुने बताए । तर यसबारे स्थानीयवासीहरु भने सन्तुष्ट देखिएनन् ।


नेपालमा अहिले सम्म अधिकांश सडक तथा निर्माण कार्यहरु आर्थिक बर्षको अन्त्यमा बजेट उपयोगलाई नै लक्षित गरी निर्माण हुँदै आएका पाइन्छन् ।
लोकतान्त्रिक चोकको सडक खण्ड समेत यसैको निरन्तरताको रुपमा लिन सकिन्छ । अन्य क्षेत्रहरुमा समेत यसै प्रकृतिका सडकहरु निर्माण गर्ने कार्य हुँदै आएको कारण छन् । यसलाई त्यसै मध्ये एक प्रतिनिधिमुलक उदाहरणको रुपमा लिन सकिन्छ ।
बाटोको गुणस्तरीयताको सम्बन्धमा एक स्थानीय माधव अधिकारीलाई सोधिएको प्रश्नमा बाटो ग्राभेल गर्दा नै स्थानीयहरुले चासो नदेखाएको कारण बाटो गुणस्तरीय बन्न नसकेको टिप्पणी गरे । सडक निर्माणलाई गुणस्तरीय बनाउन स्थानीयहरुको समेत महत्वपूर्ण भूमीका रहने हुनाले सबै नागरिकहरु सचेत हुनुपर्ने उनको तर्क छ । अर्का स्थानीयवासी तथा नेपाली कांग्रेस जिल्ला सदस्य लक्ष्मण महर्जन पनि सडक असारे बजेटमुखी मात्र भएको टिप्पणी गरे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij