काठमाडौँ, ५ मंसिर । जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता फराकिलो बनाएका छन् ।
एक हजार एक सय मत गनिसक्दा शाही आफ्ना निकटतम् प्रतिस्पर्धीको तुलनामा तेब्बरभन्दा बढी मतले अघि छन् ।
राप्रपाका उम्मेदवार शाहीले ७१६ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनका प्रतिस्पर्धी तथा नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले २३८ मत पाएकी छन् । यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ५६ मत ल्याउँदा नेमकिपाका डिल्ली काफ्ले ३९ मत ल्याएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij