२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु

जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु

रासस

काठमाडौँ– नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु भएको छ ।  ‘नेपाली वस्तुको प्रयोग गरौँ, स्वदेशी उत्पादनको गौरब गरौँ’ नाराका साथ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा स्वदेशमा उत्पादित जुत्ता चप्पल प्रदर्शनी शुरु भएको हो । 

विभिन्न जुत्ता चप्पल संघले जुत्ता चप्पल प्रदर्शनी गरे पनि नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले भने पहिलो पटक प्रदर्शनी आयोजना गरेको संघका अध्यक्ष खुमराजा ढुङ्गानाले जानकारी दिए ।

प्रदर्शनीको उद्घाटन गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले मुलुकको विकासका निम्ति राज्यले साना व्यवसायीको सम्मान गर्नुपर्ने बताए । “दैनिक सयौँ युवा विदेशिएका बेला स्वदेशमा रोजगारको व्यवस्थाका लागि साना व्यवसायमा राज्यले लगानी गर्नुपर्छ”, उनले भने ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीले स्वदेशी वस्तुलाई प्राथमिकता दिनका लागि राज्यले कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्ने बताए ।

नेपाल व्यापार संघका महासचिव कृष्ण अधिकारीले स्वदेशमा उत्पादित सामग्री राम्रो र टिकाउ हुने भन्दै यसलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । हाल नेपालमा ३५ प्रतिशत नेपाली जुत्ता प्रयोग हुँदै आएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij