काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलाको राताकाठामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
उनले ट्वीटमार्फत दुर्घटनाका एकमात्र घाइते जिप चालकको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । शुक्रबार राति दार्चुलाको राताकाठामा भएको सो जिप दुर्घटनामा सात पुरुष, तीन महिला र एक बालिकाको मृत्यु भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij