२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

जितेन्द्रलाई मन्त्री बनाएपछि राजपामा विवाद

जितेन्द्रलाई मन्त्री बनाएपछि राजपामा विवाद

जनकपुर–पार्टीमा निर्णय नै नगरिकन मन्त्रीको सपथ गराएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालमा विवाद उत्पन्न भएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालका महासचिव समेत रहेका संसदीय दलका जितेन्द्र सोनलले आज प्रदेश नम्बर २ मा भौतिक पूर्वाधार मन्त्रीको रुपमा  सपथ लिएका छन् ।
तर, सोनललाई मन्त्रीमा पठाउने पार्टीमा कुनै निर्णय नभएको राजपा नेपाल अध्यक्ष मण्डलका एकजना सदस्यले बताए ।
यसअघि संसदीय दलको नेता मन्त्रीमा जान नपाउने निर्णय भएको थियो । तर,  मुख्यमन्त्रीका सपथग्रहणमा सहभागि हुन लागि जनकपुर आएका राजपा नेपालका संयाजक महन्थ ठाकुरले एकल निर्णयबाट सोनललाई मन्त्रीमा पठाएका हुन् ।
ती नेताले भने, ‘पार्टीमा मन्त्री कसलाई पठाउने बारे पार्टीमा कुनै छलफल भएको छैन, महन्थजीले आफ्नो एकल निर्णयबाट त्यस्तो गर्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij