२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

जया मल्टिपल क्याम्पसको स्वागत तथा बधाई कार्यक्रम सम्पन्न

जया मल्टिपल क्याम्पसको स्वागत तथा बधाई कार्यक्रम सम्पन्न

 

गोकर्णेश्वर : काठमाडौं पुर्वी भेगको परिचित शैक्षिक क्षेत्रको धरोहर जया मल्टिपल क्याम्पसले स्वागत तथा बधाई कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । क्याम्पसले आफ्नो १९ औं वार्षिक उत्सवको विशेष अवसरमा स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नं-८ माकलबारीमा अवस्थित कलेज प्राङ्गणमा कलेजका संस्थापक अध्यक्ष जगन्नाथ देबकोटाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथिको रुपमा काठमाडौं क्षेत्र नम्बर-३ का नव-निर्वाचित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे रहेका थिए,भने विशेष अतिथिको रुपमा प्रदेश सभा सदस्य छिरिंङ दोर्जे लामा र विमल ठकुरी रहेका थिए । त्यस्तै कार्यक्रममा विशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, उप-प्रमुख सान्नानी लामा,वरिष्ठ चिकित्सक डा.भोला रिजाल,गोकर्णेश्वर नगरपालिका वडा नं-४ का वडा अध्यक्ष जयराम महत, वडा नं-८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ,वडा नं-७ का वडा अध्यक्ष केशब गुरुङ,शिक्षाविद विदुर फुयाल,समाजसेवी दिपक सिंहभण्डारी, कलेजका प्राचार्य भवानीप्रसाद पौडेल,प्याब्सनका पूर्व महासचिव एबम हालका उपाध्यक्ष कुमार घिमिरे,गायिका कुन्ती मोक्तान, समाजिक अभियान्ता उत्तम पुडासैनी,शिक्षाविद तथा राजनीतिज्ञ हरिकृष्ण श्रेष्ठ लगायत क्याम्पसका लेक्चरहरु साथै विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा कलेजका कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा कलेजका विभिन्न शैक्षिक सत्रमा उत्कृष्ठ नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा कलेजमा निरन्तर लामो समय शैक्षिक सेवा गरेका शिक्षक तथा कर्मचारीहरुलाई दिर्घ सेवा पदकबाट सम्मानित गरिएको थियो ।

काठमाडौंको पुर्वी भेगमा २०६१ सालबाट पृथक पहिचान बनाउदै आएको र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उक्त संस्थाले उत्कृष्ट बिद्यार्थीहरुलाई समेत सम्मान गरेको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि सन्तोष चालिसेले कलेजको उत्तरोतर प्रगतिको कामना गर्दै विद्यार्थीहरुको उज्ज्वल भबिष्यको कामना गरेका थिए । उनले देश विकासमा विद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै मिहेनत गरेर पढ्न अनुरोध गरेका थिए । मेहनत र लगनका साथ अध्ययन गर्ने हो भने नेपालमै अवसर पाइने हुँदा मेहेनत गरेर अध्ययन गर्नु पर्नेमा उनको जोड रहेको थियो । जया मल्टिपल क्याम्पसका प्राचार्य भवानी प्रसाद पौडेलले नियमित पठन पाठन संगै विद्यार्थीहरुको सृजनात्मक विकासमा कलेजले प्राथमिकता दिएको उल्लेख गरेका थिए ।

पौडेलले दक्ष अनुभवी शिक्षकहरुद्वारा अध्यापन गराउँदै आएको र विद्यार्थी र अभिभावकहरुलाई कलेजले निरास नबाउने बताउदै बिद्यार्थीहरुको उज्ज्वल शैक्षिक भबिष्य निर्माणमा क्याम्पस सर्धैं प्रतिबद्द रहेको बताएका थिए ।कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतीहरुबाट मनोरंजन प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij