२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

जनमाेर्चाकाे प्रचारप्रसारमा स्थानीयहरूकाे व्यापक उपस्थिति

जनमाेर्चाकाे प्रचारप्रसारमा स्थानीयहरूकाे व्यापक उपस्थिति

राष्ट्रिय जनमोर्चाले चुनावी प्रचारप्रसारका गतिविधिहरुलाई तीब्र पारेको छ । मुलुकले संघीयता थेग्न नसक्ने भन्दै संघीयताको विरोध गर्दै आएको जनमोर्चाले मुलुकलाई विखण्डनबाट जोगाउनको निम्ति बिना स्वार्थ आफ्नो दल लामो समय देखि होमिँदै आएको भन्दै समानुपातिकबाट उम्मेदवारी दिएका चित्र बहादुर केसी सहित प्रत्यक्ष तर्फका पदाधिकारीहरुलाई जनताले अमूल्य मत दिएर मुलुक विखण्डनबाट जोगाउन आग्रह गरेको हो ।

शनिवार राष्ट्रिय जनमोर्चा काठमाडौं क्षेत्र नम्बर ९ ले सुन्धारा, भोटेवहाल, लगन, न्यूरोड लगायतका क्षेत्रमा आयोजना गरेको घरदैलो तथा चुनावी प्रचारप्रसार कार्यक्रमको अवसरमा मुलुकको स्वाधिनताको रक्षार्थ प्रत्यक्षमा आफूलाई र समानुपातिक तर्फ पार्टी अध्यक्ष चित्र वहादुर केसीलाई भोटको माध्यमबाट विजयी गराउन ९ नम्बर क्षेत्रबाट उम्मेदवारी दिएका लाल वहादुर थापाले जनताहरु समक्ष आग्रह गरेकाछन् ।

सुन्धाराबाट ठूलै समूहलाई साथमा लिएर घरदैलो तथा प्रचारप्रचारमा निस्किएको लाल वहादुर थापा नेतृत्वको जनमोर्चाको प्रचारप्रसार अभियानमा समानुपातिक तर्फका उम्मेदवारहरु, महिला, वुद्धिजिवी, उद्योगी, व्यवसायी, विद्यार्थी लगायतका विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका वौद्धिक स्तरका व्यक्तिहरुको अलावा थुप्रै स्थानीयहरूकाे समेत संलग्नता रहेको थियो ।

गाडीबाट निरन्तर माइकिङ गर्दै पर्चा वितरण गरिरहेको यस समूहलाई ठाउँ–ठाउँमा जनमोर्चा समर्पित व्यक्तिहरुले सम्मान समेत गरेको दृष्य देखिन्थ्यो भने कतिपयले अग्रिम शुभकामना दिँदै निःशुल्क जुस वितरण गरेको र जीत निश्चित रहेकोमा ढुक्क हुन आग्रह गरेको अवस्था समेत थियो । जसले गर्दा जनमोर्चा प्रति जनताहरुको सदभाव रहेको भन्दै उम्मेदवारलाई थप उत्प्रेरणा मिलेको छ ।

सेतोघरसँग छोटो प्रतिक्रिया दिँदै प्रचार अभियानमा रहेका व्यक्तिहरु आफूहरु जनतालाई सचेत बनाउने काममा लागेको बताएका छन् । साथैे इमान्दार र स्वच्छ छविका व्यक्तिहरुले यस दलबाट उम्मेदवारी दिएको र जनतालाई असम्भव सपनाहरु देखाउने काम नगरेको बताउँदै विवेकपूर्ण ढङ्गले आफ्नो दलमा मतदान गर्न उनीहरुले आग्रह गरेका थिए ।
प्रचार अभियानलाई आज पनि निरन्तरता दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij